उत्तर कोरिया युद्धका लागि आतुर छ : अमेरिकाकी राजदूत

674

उत्तर कोरिया युद्धका लागि आतुर छ : अमेरिकाकी राजदूत

काठमाडौं, २० भदौ — हालै क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले युद्धका लागि आतुर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निकी हेलीले बताएकी छन् ।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक आपत्कालीन बैठकमा हेलीले अमेरिका युद्ध नचाहने तर उसको धैर्यको पनि एउटा सीमा रहेको बताइन् ।

उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघमा नयाँ प्रस्ताव पेश गर्ने भएको छ ।

उत्तर कोरियाका मुख्य सहयोगी देश चीनले वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदा स्विट्जरल्यान्डले मध्यस्थताको प्रस्ताव गरेको छ ।

यसैबीच दक्षिण कोरियाले पाँचवटा सैन्य अभ्यास गरेर उत्तरको आणविक ठेगानामा आक्रमणको पूर्वतयारी ग–यो ।
समाचारमा आएअनुसार उत्तरले थप क्षेप्यास्त्र परीषणको तयारी गरिरहेको छ ।

आइतवार उत्तर कोरियाले जमीनभित्र एक हाइड्रोजन बम परीक्षण गरेको थियो ।

निकी हेलीले चाहिँ कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि उत्तरमाथि अत्यन्तै कडा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।बीबीसीबाट