एकै थलोमा ३० कम्पनीका मोवाईल हेर्न र किन्न पाईन्छ

934

एकै थलोमा ३० कम्पनीका मोवाईल हेर्न र किन्न पाईन्छ

ml pandeyबुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ । बुटवल खयरघारी स्थित बुटवल उद्योग बाणिज्य संघको सभाहलमा लाग्ने मेलाले युवाहरुलाई मोवाईल तथा मोबाईल प्रयोगका बारेमा जानकारी दिने आयोजकको दावी छ । प्रस्तुत छ–राजधानी बाहिर बुटवलमा पहिलोपटक गर्न लागिएको मोवाईल मेलाले दिने सन्देश, उपलब्धी तथा मेलाको उद्देश्यका बारेमा मेला आयोजक मुल समितिका संयोजक एमएल पाण्डेसँग झविन्द्र देवकोटाले गरेको कुराकानीको सम्पादित अंश ।

 बुटवलमै मोवाईल मेला अयोजना गर्नुको उद्देश्य ?
बजारमा तीस भन्दाबढी कम्पनीका मोवाईलहरु देखिएका छन् । तिनको बारेमा आमग्राहकलाई थाहाँ दिनु छ । त्योसँगै बजारमा आएका नयाँ र स्मार्ट मोवाईलको प्रयोग कसरी गर्ने भन्ने पनि ठुलो कुरा हो । त्यो बारेमा थाहाँ दिनु हामी ब्यवसायी भएको नाताले कर्तब्य हुन आउँछ । मोवाईलका यी–यी ब्राण्डहरु छन्, मोवाईलमा यो–यो खाले सेवा सुविधा छ भन्नेबारे थाहाँ दिनु नै हाम्रो मुख्य उद्देश्य हो । आजको युगमा एउटा मोवाईलको माध्यमबाट विश्व हाक्न सक्दछन्, मोवाईल भनेको फोन आयो उठाउने, राख्ने÷फेशबुक चलाउने मात्र साधन मोवाईल होईन भन्ने जानकारी गराउन पनि हामीले बुटवलमा मोवाईल मेलाको अयोजना गरेका हौं ।

 काठमाण्डौ बाहिर उद्योग बाणिज्य संघको बस्तुगत समितिले गत वर्ष जुत्ता मेला अयोजना गर्याे, यो वर्ष फेरी पहिलो मोवाईल मेला गर्दै छ, खासगरी मेलाबाट अपेक्षा के राख्नु भएको छ ?
बुटवल यस्तो शहर बनि सकेको छ की, सबैको आँखामा बुटवल शहरमा के गरे हुन्छ भन्ने सोच छ । यो एउटा ब्यवसायीहरु रहेको ब्यवस्थित शहर पनि हो । मोवाईल मात्र होईन जुनसुकै उत्पादन, उत्पादक कम्पनी र उद्योग तथा ब्यवसायीको बाक्लो उपस्थिती छ । मोवाईल पेशामा पनि मोवाईल बिक्रेता कम्पनीहरुले काठमाण्डौ बाहिर रोजेको शहर र बजार बुटवललाई नै मान्दछन् । त्यसैले पनि यो उदाहरणीय कार्यका रुपमा लिईएको छ । हाम्रो अपेक्षा मोवाईल कम्पनीका बारेमा मेलामा आउने दर्शकहरुले थाहाँ पाउने भन्ने हो ।

 मेला सफल हुने आधार के के हुन ?
हाम्रो चाहाना भनेको के हो भने, एउटै छानामुनि मोवाईलका ३० भन्दाबढी कम्पनीका मोवाईलहरु राखौं भन्ने हो । यो प्राप्त गरि सकेका छौं । आधार के हो भने ३० वटा विभिन्न कम्पनीहरुका २० वटा स्टलहरु दर्ता भई सकेका छन् । भने अन्य ६ वटा छन् । यी स्टल दर्ता भएपछि हामी सफल भएको मानेका छौं ।

 मेलामा सहुलीएत लगायतका सुविधाहरु के के छन् ?
मेला भन्ने वित्तिकै केही नयाँ र नौलो हुनु पर्दछ भन्ने हो । मेलामा केही सहुलियत र विशेष छुट हुन्छ भन्ने आशा पनि लागेको हुन्छ । यो स्वभाविक हो । यो मेलामा आउने दर्शकले नयाँ नयाँ मोवाईलका ब्राण्डहरु हेर्ने र किन्न दुबै पाउने छन् । दर्शकले बाहिरभन्दा नयाँ मोवाईल पाउने छन् । त्यस्तै बाहिरभन्दा यो सहुलियत पाए भन्ने पनि दर्शकले अनुभव गर्ने छन् । साथै मोवाई किन्दा स्किम र प्रवेश शुल्कमा प्रत्येक दिन उपहारको पनि हामीले ब्यवस्था गरेका छौं । साथै एसएलसी दिएर बसेका विद्यार्थीलाई विशेष छुट भनेर हामीले प्रचारप्रसार पनि गरेका छौं ।

 मेलामा कति प्रतिशत सहुलीयत दिनुहुन्छ ?
फरकफरक ब्राण्डहरुको आआफ्नै पोलिसी छ, हरेक ब्राण्डको एउटै पोलिसी नभएकाले यतिनै प्रतिशत सहुलियत भन्दापनि स्किमहरु बढीभन्दाबढी लगाईने छ । हामीले स्किमसँगै ५ प्रतिशतदेखि ३० प्रतिशत सहुलियत पाउने ब्यवस्था मिलाएका छौं ।

 मेलामा कति मुल्यका मोवाई रहने छन् ?
हामीले मेलामा आठ सय ७५ रुपैयाको एक वर्षको वारेन्टी भएको मोवाईलदेखि एक लाख रुपैयाँ सम्मका मोवाईलहरु राखिने छ ।
मेलामा मोवाईलमात्र पाईन्छ कि मोवाईलमा पं्रयोग हुने अन्य सामग्रीहरु पनि पाईन्छन् ?
मोवाईल मेला राखि सकेपछि मोवाईल सम्वन्धित सामग्रीहरु पनि राख्न आवश्यक छ । मेलामा मोवाईलका चार्जर, मेमोरीकार्ड, सेल्फी स्टीक, डाटाकेवल, पेनड्राईभ, पावरबैंक, एयरफोन लगायतका अन्य सामग्री पनि राख्ने छौं ।

 मेलामा आउने उपभोक्तालाई मोवाईल एक्सचेन्ज गर्ने मन पनि हुन सक्छ । एक्सचेन्जको ब्यवस्था छ की छैन ?
छैन, हामीले एक्सचेन्जको ब्यवस्था गरेका छैनौं । मोवाईल प्रयोग गर्न नजान्नेलाई सिकाउने गरिन्छ, मोवाईल साट्ने र मर्मद गर्ने ब्यवस्था चाही मेलामा राखिएको छैन ।

 यो मेलाले के सन्देश दिन खोजेको हो ?
पहिलो कुरा त हामीले यो मेला काठमाण्डौ बाहिर पहिलो पटक गर्दै छौं । के रैछ त यो भन्ने चासो र जिज्ञासाको विषय हुन सक्छ । हामीले ५० देखि ८० हजारका मोवाईल बोक्छौं, त्यसमा भएका एक्स, प्रोग्रामहरुका बारेमा थाहाँ हुदैन, दर्शकले लिएको मोवाईलमा भएको समस्याका बारेमा पनि जानकारी पाउने अवसर मेलामा मिल्ने छ । त्योसँगै सस्तो सुलभ र धेरै ब्राण्डका मोवाईल एउटै थलोमा पाईने भएकाले सबैलाई मेलामा आउनुहोस् भन्छौं हामी ।

साभार ः तिलोत्तमा दैनिक