जहाँ हरेक पुरुषले दुई श्रीमती बनाउनैपर्छ, नत्र भोग्नुपर्छ जन्मकैद

1K

जहाँ हरेक पुरुषले  दुई श्रीमती बनाउनैपर्छ, नत्र भोग्नुपर्छ जन्मकैद

 

हाम्रो देशमा बहुविवाह अर्थात् एक जनाभन्दा बढिसँग बिहे गैरकानूनी छ । दुनियाका धेरै देशमा कानूनतः बहुविवाह दण्डित छ । पहिलो श्रीमती हुँदाहुँदै कानूनमा उल्लेखित अवस्था वा श्रीमतीको मन्जुरीविना दोश्रो बिहे गर्ने पुरुषलाई सजायँ हुन्छ । तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ बहु विवाह गर्नेलाई होइन नगर्नेलाई पो सजायँ हुन्छ । यदि कसैले दोश्रो बिहे गर्न मानेन भने उसले जिन्दगीभर जेलको हावा खानुपर्छ ।

हो, इरिटि्रया नामक अपि|mकी देशमा यस्तो अनौठो कानून छ । जहाँ दुईजना महिलासँग बिहे गर्न नमान्ने पुरुषले जन्मकैदको सजायँ भोग्नुपर्छ । सरकारी कानून अनुसार त्यहाँ हरेक पुरुषलाई दुईजना महिलासँग बिहे गर्नु अनिवार्य छ । यदि पहिलो श्रीमतीले कान्छी भित्राउन दिइनन् भने ती महिलालाई समेत जेल सजायँ हुन्छ ।

आखिर किन यस्तो अनौठो तथा दुनियामा कतै नभएको कानून छ त त्यो देशमा ? यसमा सरकारको आफ्नै दाबी छ । देश विगतमा धेरै पटक गृहयुद्धमा फस्यो । सन् १९९८ देखि २००० सम्म चलेको गृहयुद्धमा डेढ लाख सैनिक मारिए । जसका कारण देशमा महिलाको संख्या भन्दा पुरुषको संख्या निकै कम छ ।

पुरुषको भन्दा महिलाको संख्या धेरै भएपछि सरकारले कुनैपनि महिला अविवाहित बस्नु नपरोस् र सबैले घरजम गर्न पाउन् भन्नका खातिर पुरुषले अनिवार्य रुपमा दुईवटी श्रीमतीसँग बिहे गर्नुपर्ने नियम बनाएको बताइन्छ ।