दोस्रो बुद्ध क्लासिक प्रदेश शारीरिक सुगठनको तयारी

1.3K

दोस्रो बुद्ध क्लासिक प्रदेश शारीरिक सुगठनको तयारी

बुटवल, २२ फागुन । रुपन्देहीमा दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन फिजिक एण्ड विमेन फिजिक प्रतियोगिता २०७५ हुने भएको छ । बडिबिल्डिङ्ग स्टोर (मसल टेक) को सहयोगमा बडिबिल्डिङ्ग एण्ड फिटनेश एसोसियसन रुपन्देहीले बुटवलमा प्रतियोगिता आयोजना गर्न लागेको हो । लक्ष्मीनगर स्थित थकाली समाजको सभाहलमा २४ र २५ गते दुई दिने प्रतियोगिताको तयारी गरिएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक एसोसियनका अध्यक्ष अर्जुन बिकले बताउनु भयो ।
प्रतियोगितामा प्रदेश ४ र ५ का करिव एक सय खेलाडीले विभिन्न विद्यामा प्रतिस्प्रर्धा गर्ने संस्थाका सचिव तथा खेल संयोजक विजेन्द्रमान श्रेष्ठले बताउनु भयो । प्रतियोगिता अन्तरगत शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७० र ७० केजी प्लस गरि ५ तौल समुहको विद्यामा खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र गर्ने छन् भने प्रत्येक तौल समुहमा विजेताभई अन्तिम प्रतिस्प्रर्धामा पुग्ने खेलाडीले जनही नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि मेन फिजिक्समा १ सय ६० सेमी कम र त्योभन्दा माथि उचाईका आधारमा शारीरिक बनावट मापन गरेर उत्कृष्ट छानिने छ । एसोसियसनका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले यस क्षेत्रमा युवाहरुको बडिबिल्डिङ्मा आर्कषणलाई मध्येनजर गरि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।