बुटवलमा योग जागरण अभियान सञ्चालन

839

बुटवलमा योग जागरण अभियान सञ्चालन

बुटवल, १४ फागुन । पतञ्जली योग समिति रुपन्देहीले बुटवल उपमहानगरपालिकाका बिभिन्न बिद्यालय तथा कलेजहरुमा योग जागरण कार्यक्रम सञ्चालन गरेको छ । गत आईतबारदेखि सुरु गरेको योज जागरण कार्यक्रम बुटवलका जनता माध्यमिक बिद्यालय, आईडिएल उच्च माध्यमिक बिद्यालय, एक्सीस कलेज, दीप बोर्डिङ्, लुम्बिनी बोर्डिङ, क्यानन् उच्च माध्यमिक बिद्यालय, मणिमुकुन्द कलेज, अक्सफोर्ड कलेज लगायतमा सम्पन्न गरिएको र बाँकी बिद्यालय तथा कलेजहरुमा यहि फागुनको २१ गतेसम्म क्रमश कार्यक्रम सञ्चालन गरिने पतञ्जली योग समिति रुपन्देहीका कार्यवाहक प्रभावी गोविन्द न्यौपानेले जानकारी गराउनु भयो ।
योग जागरण अभियानमा योगको महत्व, योगले पार्ने प्रभाव, खानपान, सरसफाईका बारेमा जानकारी गराउनुका साथै योग अभ्यास गराईने योग प्रशिक्षक मनोहर पौडेलले जानकारी गराउनु भयो । उक्त अभियानमा पतञ्जली योग समितिका केन्द्रीय सदस्य द्वय योग प्रशिक्षक लोकनाथ खनाल र टिकाप्रसाद खतिवडाले प्रशिक्षण गर्नुभएको छ ।
त्यस्तै समितिले बुटवलको सुख्खानगर स्थित राधाकृष्ण मन्दिर र तिलोत्तमाको शंकरनगर स्थित रेडिसन पार्टी प्यालेसमा १५ दिने सहयोग शिक्षक (प्रशिक्षक प्रशिक्षण) तालिम सञ्चालन गरिएको योग प्रशिक्षक मनोहर पौडेलले जानकारी गराउनु भयो ।

yog-abhiyan-sanchalan