बुढो जवानको प्रेममाला चौकादाउ पुस २७ देखी दर्शकमाझ

879

बुढो जवानको प्रेममाला चौकादाउ पुस २७ देखी दर्शकमाझ

बुटवल, १८ पुस । विभिन्न कमेडी स्टारकास्टका कारण घोषणाको बेलादेखि नै चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी…’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचारप्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ । आजै बुटवल आएको सो टिमले द्वारिका उदय सिनेमा हल बुटवलमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै सम्पूर्ण तबरको मरमसला फिल्म चौकादाउ मा रहेको बताएको छ ।

निर्देशक पुणेन्द्र झा सहित बर्षा रावत , सन्तोष पन्तसंगै डब्बु क्षेत्रिको टिम सहित आएको टिम ५ नम्बर प्रदेशको राजधानी बुटवलपछि पोखरा पुग्ने बताएका छन् । पत्रकारसँग साक्षात्कार गर्दै निर्देशक पुर्णेन्द्रु झाले फिल्मले सामाजिक यथार्थ बोकेको कमेडी कथा उठान गरिएको बताए । फिल्मले उठान गरेका विषयवस्तु हाम्रै समाजमा भेटिएको कथा रहेकोले जस्तो सुकै दर्शकले पनि फिल्म हेर्नसक्ने उनी बताउँछन् ।

निर्देशक झा भन्छन, ’नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यरसको चास्नीमा घोलेर देखाउन खोजेका छौं । दर्शकले फिल्म हेरिरहँदा भरपूर मनोरञ्जन लिन्छन् ।’ उनले यसअघि विभिन्न शर्ट फिल्मसंगै प्रदिप उदयको निर्माणमा रहेको पोलिटिकल(क्राइम जानराको फिल्म ’संरक्षण’ निर्देशन गरेका थिए ।

आफुलाई उत्कृस्ट साबित गर्दै आएकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ ले समाजमा हास्यव्यंग्यको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको बताइन् । चारजना दाउपार्ने कलाकारहरुको मौका पर्खेर बस्ने उर्वशीको भुमिकामा रहेको उनी बताउँछिन् ।आफ्नो भूमिकाले अरु फिल्ममा जस्तै दर्शकको लागि न्याय गर्ने र रमाइलो फिल्म दर्शकले हेर्न पाउने बताएकी छिन ।
’अन्जानमा गरिने गल्तीले भविष्यमा आउने समस्या र त्यसको भागिदार आफै हुनुपर्ने कथा फिल्ममा देखाइएको छ । फिल्म निकै रमाइलो बनेको छ । मनोरञ्जनसँगै फिल्मले पाठ पनि सिकाउँछ भन्ने लाग्छ’, उनी सुनिइन् । उनले सिनियर आर्टिस्टहरूसँग काम गर्न पाउँदा निकै खुशी लागेको पनि बताइन् ।
दशक अगाडि टेलिभिजनमा प्रशारण हुने ‘हिजो आजका कुरा’ का चर्चित हास्यकलाकार सन्तोष पन्त यस फिल्ममा लिड रोलमा छन् । ३ बर्ष पछि पुनस् दर्शकको माझ आइ सोचेको जस्तो फिल्ममा अभिनय गर्न पाएको उनले बताए । आफ्नो चाहाना हुदा हुदै पनि राम्रो कथा र भूमिका नहुदा फिल्म गर्न नपाएको गुनासो उनको थियो । यस फिल्ममा २० बर्ष पछि भूमिकामा देखिएका तैयब शाह, कमेडी मास्टर विल्सन बिक्रम राई, रबिन्द्र झालगायतका कलाकारको पनि अभिनय छ ।