महिला स्वावलम्बिमा सीर्जना

480

महिला स्वावलम्बिमा सीर्जना

बुटवल, असोज । महिला स्वावलम्बी संस्था नेपाल बुटवल १३ वेलवासको आईतबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनले सीर्जना पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तीन वर्षे कार्यकालकालागि भएको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा नमकला वेलवासे, उपाध्यक्षमा खीमा भुसाल, केशवती पौडेल र जानका वेलवासे, सचिवमा मीना जिसी, सहसचिवमा राधा खनाल र कोषाध्यक्षमा देवी न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।

यस अंगाडी साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण पुनले सामाजिक बिकासमा सामाजिक संघसंस्थाको उल्लेखनीय भुमिका रहने बताउनु भएको थियो । त्यस्तै वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदीले सामाजिक बिकासमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

संस्थाकी अध्यक्ष सीर्जना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेजी पुरुषोत्तम बस्याल, कर्सो नेपालका अध्यक्ष समाजसेवी खिमानन्द पौडेल, समाजसेवी चिरञ्जिवी जोशी, बाबुराम महत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।