मानसिक समस्या जति लुकाउदै गयो त्यति भयावह हुने खतरा डा. काफ्ले

582

मानसिक समस्या जति लुकाउदै गयो त्यति भयावह हुने खतरा डा. काफ्ले

तिलोत्तमा २९ जेठ
रुपन्देही ढिकुलीगढका चेतन थारुलाई रातिमा निद्र पर्देन । सोमबार ढिकुलीगढमा पुगेका मनोचिकित्सकको कुरा सुनेपछि आफ्नो पीडा उनले बताए । समयमा निद्रा नलाग्नु पनि मानसिक रोग हो भन्ने उनलाई थाहा थिएन । मनोचिकित्सक डा. विक्रम काफ्लेको प्रशिक्षण जव पाए उनलाई बल्ल आफूलाई सामान्य खालको चिन्ता वा मानसिक समस्या रहेको थाहा पाए ।

रुपन्देहीको टिकुलीगढमा लुम्बिनी ग्रामिण विकास पारिषदले गरेको मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक प्रशिक्षणमा सहभागिलाई मानसिक रोग के हो भन्ने थाहा थिएन । डा. काफ्लेले ४ जनामध्ये १ जना मानिसमा मानसिक रोग हुने बताएपछि सहभागि आफूमा भएको लक्षण बताउन थाले । त्यसमध्येकी एक थिइन, सामाजिक परिचालक फूलकुमारी थारु । उनले मानसिक समस्या भएका धेरै मानिसहरु उपचारमा नआउने गरेको बताइन । रोग भएर पनि उपचार गराउन लाज मान्ने गरिएको छ, उनले भनिन् ।

मानसिक समस्या जति लुकाउदै गयो त्यति भयावह हुने डा. काफ्ले बताउछन् । ‘मनका कुरा जति खोल्यो त्यति रोगहरु निको हुदै जान्छन, उनले भने । आफूमा भएका समस्या, चिन्ता, व्यथाहरु अरुलाई सुनाउदा पनि डिप्रेसनबाट मुक्त भइने उनले बताए ।

डा काफ्ले मानसिक रोग सुरुमा भएसजिलै निकोहुने बताउदै दोश्रो चरणमा पुगे निकोहुन समस्या हुने बताउदै रोग लाग्न नदिनको लागी सबै भन्दा ठुलो चेतना भएको बताए । अहिले बिश्व स्वास्थ्य संगठनले मानसिक रोगलाई सबैभन्दा ठुलो रोग भएको बताएको ले नेपालमा पनि यो रोगका बिरामी दैनीक वृद्धि हुदै गएको बताए । अहिले बुटबल तथा अन्य आसपासका क्षेत्रमा दैनीक ३० देखी माथि यस्ता बिरामी आउने गरेको उनको भनाई छ ।

मनोविज्ञ यशोदा वगालेले समाजमा धेरै डिप्रेसनका बिरामी हुने गरेको बताइन । घर बाहिर नस्किन नसकेका महिलाहरु मनोरोगबाट पीडित भइरहेको भन्दै उनीहरुलाई परामर्श आवश्यक भएको उनले बताइन । समाजले गरिब धनि रोगी भन्नेधारण लाई परिवर्तन नगरे यो समस्या झन बढदै जाने उनको भनाई थियो ।

कार्यक्रममा सहभागि सिला मिश्र आफुलाई पारिबारीक दवाको कारण २ वर्षदेखी समस्या भएको र पछि समुहको हौसला तथा आफनो अठोट बाट अहिले समस्या समाधान भएको बताईन । अहिले आफनो घर मा त्यो बाताबरण अन्त्य भएकोले उनले सकारात्मक सोच र शान्त्वनाबाट यो रोग निको हुने बताईन ।

जिल्ला समन्वय समितिको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद्ले आयोजना गरेको मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिममा झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा टिकलीगढ स्वाथ्य चौकीका प्रमुख काशिनाथ वञ्जाडे, हेल्थ असिष्टेन विष्णु प्रसाद बेल्वासे, अनमी मिना पाण्डे, लगायतले समेत सहभागिहरुलाई तालिम दिएका थिए । लुम्बिनी ग्रामिण विकास परिषद्का अध्यक्ष चन्द्रकान्त खनाल, अध्यक्षतामा भएको कार्याक्रममा निर्देशक रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।