मृगौला पिडीत रञ्जनालाई सहयोग

941

मृगौला पिडीत रञ्जनालाई सहयोग

बुटवल, २० पुस । दुबै मृगौला फेल भई हाल उपचाररत रहेकी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ की रञ्जना विश्वकर्मालाई शुक्रबार सहयोग गरिएको छ ।
द अर्घाखाँची युथ क्लवको अगुवाईमा देश र विदेशका विभिन्न स्थानबाट संकलन गरिएको कुल ९४ हजार ५ सय ५० रुपैयाँ रन्जना र उनको परिवारलाई प्रदान गरिएको हो । शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डे, पत्रकार खिमानन्द भट्टराई, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराई, द अर्घाखाँची युथ क्लवका मदन नेपाली र विष्णु कुँवरले संयुक्तरुपमा रन्जना र उनको परिवारलाई सो रकम प्रदान गर्नुभएको हो ।
रकम प्रदान कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेले प्रतिष्ठानको तर्फबाट समेत केही सहयोग गरिने बताउनुभयो । पीडित रञ्जना विश्वकर्माले सबैको साथ र सहयोग पाएमा आफुले पुनर्जन्म पाउने भन्दै यसमा सबैले सहयोग गरिदिन आग्रह गरेकी छन् । तेस्रो अर्घाखाँची महोत्सवमा गायन तर्फको अर्घाखाँची आईडलमा उनी उत्कृष्ठ १० मा पुगेकी थिईन् । कला क्षेत्रमा गीत गाउने र लेख्ने गरेकी उनले भविश्यमा सफल कलाकार बन्ने उद्देश्य रहेको बताएकि छन् । सहयोग वितरण कार्यक्रमको संयोजन लोकेन्द्र शाह र सुमन श्रेष्ठले गर्नुभएको थियो ।