लुम्बिनी अञ्चल अस्पतालमा कर्मचारी युनियन गठन

706

लुम्बिनी अञ्चल अस्पतालमा कर्मचारी युनियन गठन

बुटवल, २ साउन । लुम्बिनी अञ्चल अस्पतालमा कर्मचारी युनियन गठन गरिएको छ । कर्मचारीका हक अधिकार सुनिश्चित गराउन तथा अस्पतालबाट प्रवाह भएका सेवा सुविधालाई जनमैत्री बनाउनकालागि गठन गरिएको युनियनको संयोजकमा दयासागर पन्थी रहनु भएको छ ।
सोमबार गठित समितिको सहसंयोजकमा कमला ज्ञवाली र सदस्यहरुमा भिमप्रसाद ज्ञवाली, सुवास गिरी, जीवलाल भुसाल, नेत्रनारायण पोखरेल, केशवकुमार श्रेष्ठ, विष्णु पन्थी, कमला हमाल, अच्युतराज भट्टराई र नेत्रप्रसाद आचार्य रहनु भएको छ । समितिका सल्लाहकारमा डा. विष्णु गौतम, कविता पाण्डे र प्रभा ज्ञवालीलाई चयन गरिएको छ ।
हालसम्म लुम्बिनी अञ्चल अस्पतालमा बिकास समिति अन्तरगतका कर्मचारीको युनियन क्रियाशिल थियो । उक्त समितिमा नेपाल सरकार मातहतका कर्मचारी सहभागि छैनन् ।
युनियन गठन संगै पहिलो बैठकले अस्पतालबाट प्रवाह हुँदै आएका सेवालाई अझै बढी जनमुखी, प्रभावकारी र गुणस्तरीय बनाउनकालागि अन्तर विभाग विच समन्वय गर्ने निर्णय भएको संयोजक पन्थीले जानकारी दिनुभयो ।