वैदेशिक रोजगार ऐन सम्वन्धी तालिम तिलोत्तमा

398

वैदेशिक रोजगार ऐन सम्वन्धी तालिम तिलोत्तमा

बुटवल, भदौ । हाम्रो आवाज, चेलिवेटी वेचविखन मुक्त समाज भन्ने मुल नारासंगै सुरक्षित बसाइसराइ तथा वैदेशिक रोजगार ऐन सम्वन्धी ३ दिने तालिम भैरहवामा सम्पन्न भएको छ ।

माइती नेपाल भैरहवाको आयोजनामा बैदेशिक रोजगारमा जाने र मानव वेचविखनको जोखिममा पर्ने संभावना भएका र बेचबिखनमा परेका महिला र किशोरीहरुलाई लक्षित गरि तालिम दिइएको थियो । कार्यक्रममा बैदेशिक रोजगार ऐन सम्बन्धी सचेतनामुलक तालिम तथा सिपमुलक तर्फ डल बनाउने, फूल वनाउने र जुत्ता वनाउने तालिम प्रदान गरिएको हो ।

माइती नेपालका क्षेत्रीय अधिकृत प्रभा खनालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवाली, सशस्त्र प्रहरी उपरिक्षक आनन्द नेम्वाङ्, महिला तथा बालबालिका कार्यालयकी बाल संरक्षण अधिकृत सुभद्रा शर्मा, सिद्धार्थनगर नगरपालिकाका सामाजिक अधिकृत शेखरनाथ पन्थी, नमुना एकीकृत विकास परिषद भैरहवाकी अध्यक्ष ज्ञानु पौडेल, एविसी नेपालका कार्यक्रम संयोजक मनोज लामिछाने, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका उपसभापति रामचन्द्र उपाध्याय, प्रशिक्षक सुष्मा अर्याल, तालिममा सहभागी नर्मदा पचभैया मगर, रोशनी अधिकारी लगायतले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो ।

सोही अवसरमा तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । सिपमुलक तालिममा ३० र बैदेशिक रोजगार ऐन सम्बन्धि तालिममा ३० गरि ६० जनालाई तालिम प्रदान गरिएको थियो । तालिममा धर्मबहादुर खड्का र माईती नेपालकी क्षेत्रीय अधिकृत प्रभा खनालले प्रशिक्षण दिनु भएको थियो ।