Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • २७ गतेदेखि देशभरी ‘संरक्षण’

    August 10, 2017


    बुटवल,  साउन । १६ महिना लगायर डेढ महिना अंगाडी निर्माण पुरा भएको नेपाल कथानक चलचित्र ‘संरक्षण’ यहि साउनको २७ गतेदेखि देशभरीका हलमा एकैसाथ प्रदर्शन हुँदैछ ।

    चलचित्र निर्माण पक्षसँग चलचित्र पत्रकार संघ रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी चलचित्रको बस्तुस्थितीका बारेमा जानकारी गराएको हो । उक्त चलचित्रमा पछिल्लो राजनीतिक घटनाक्रमलाई प्रतिकात्मक रुपमा चित्रण गरिएको निर्माता प्रदिपकुमार उदयले जानकारी गराउनु भयो । राजनीतिज्ञले शक्ति सञ्चल कसरी गर्छन भन्ने कुरालाई चलचित्रमा चित्रण गरिएको छ ।’ उहाँले भन्नुभयो–‘सेवाका लागि राजनीति गर्नुपर्छ तर अहिले राजनीतिलाई पेशा बनाएकाले बिग्रको हो ।’

    चलचित्रमा जातजाती बिचको विभाजन, हिमाल र पहाड विचमा कोरिएको विभाजनको रेखा र सामाजिक बिषयबस्तुलाई चलचित्रमा समेटिएको उहाँले बताउनु भयो । उक्त चलचित्र निर्माणकालागि प्रयाप्त समय र लगानी पनि मनग्य भएकाले चलचित्र राम्रो बनेको उहाँले दावी गर्नुहुन्छ ।

    चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, आसिस्मा नकर्मी, मलिना जोशी, निर शाह, रमेश बुढाथोकी, रमेश रञ्जन झा, कामेश्वर चौरासीया, प्रमोद अग्रहरी, स्वेता शाह लगायतका कलाकारले अभिनय गरेका छन् । जसको निर्देशन पूर्णेन्द्र झाले गर्नुभएको छ ।

    पूर्व मिस नेपाल मलिना जोशी यो चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएको थियो । यद्यपी उहाँले त्यसपछि अभिनय गरेका दुईवटा चलचित्र प्रदर्शन भईसकेका छन् । चलचित्रमा पत्रकारको भूमिका निर्वाह गरेकी जोशीले चलचित्रमा यथार्थ विषयबस्तु समेटिएको दावी गर्नुभयो । त्यस्तै अर्की कलाकार आसिस्मा नकर्मीले पनि यथार्थ कथाबस्तु समेटिएकाले दर्शकले चलचित्र हेरेर आफैलाई पात्रका रुपमा लिन सक्ने बताउनु भयो । चलचित्र पर्साको विरगञ्ज वरिपरि र काठमाण्डौमा छायाँकन गरिएको हो ।

    प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव, स्वेता शाहको १ करोड ५० लाख लगानीमा उक्त चलचित्र निर्माण गरिएको निर्माता उदय बताउनु हुन्छ । चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रमेश अर्यालले गर्नु भएको थियो ।

    नेपाल चलचित्र संघका अध्यक्षका अध्यक्ष समेत रहनु भएका उदयले यस अंगाडी १० वटा चलचित्र आईसकेका छन् ।