Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • आयोजक लाली रुपन्देही सेमीफाईनलमा

    March 10, 2018


    बुटवल, २६ फागुन/बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमीफाईनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको शनिबारको निक्कै रोमाञ्चक क्वाटरफाईनल खेलमा नवलपरासी –११ लाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै रुपन्देही सेमीफाईनलमा स्थान पक्का गरेको हो ।
    रुपन्देहीका अशोक थापाले खेलको २३ औ मिनेटमा थापाले नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका थिए । खेलको ३० औ मिनेटमा गौरब बुढाथोकीले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो । खेलमा १–० ले पछि परेको नवलपरासी दोस्रो हाफमा फर्कने प्रयास गर्यो । खेलको ५७ औ मिनेटमा रुपन्देहीका अशोक थापाको क्रसलाई अमन डंगोलले डिबक्सबाट गरेको फितलो प्रहार नवलपरासीका गोलकिपर सन्देश गुरुङ्गले रोकिदिएका थिए ।
    खेलको ६५ औ मिनेटमा नवलपरासीका विदेशी खेलाडी कोलीले डिबक्स बाहिरबाट हानेको फ्रिकिकलाई गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थियो । आशिष गुरुङ्गले बेलमेक्सलाई लडाएपछि डिबक्स बाहिर पाएको फ्रिकिकलाई कोलीले गोल गर्दा रुपन्देहीका समर्थकहरु निराश भएका थिए । तर रुपन्देही टिम खेलमा पुनः फकर्दै दुई गोल गर्न सफल भयो । खेलको ८३ औ मिनेटमा रुपन्देहीका स्ट्राईकर निशान लिम्बुलाई युवराज चापागाईले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई निशान्तले नै सदुपयोग गर्दै टिमलाई पुनः २–१ ले अग्रतामा ल्याए । खेलको ईन्जरी समयको अशोक थापाले नवलपरासीका ३ जना डिफेन्सलाई छक्याउदै गोलकिपरलाई बिट गर्दै विजयी गोल गरेका थिए ।
    खेलमा विजेता टिम रुपन्देहीका गौरब बुढाथोकी म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । आईतबारको खेल दुई विभागिय टिमका बिचमा खेलरोमाञ्चक खेल हुने छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबसंग सामना गर्ने संघका महासचिव लोक पुनले बताए ।