अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला

751

अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला

देवदह, २ बैशाख । अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला देवदहको खैरेनीमा सम्पन्न भएको छ । अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढु¨ानाको अध्यक्षता, साहित्यकार हृदय लेकालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि लेकालीले अनुराग साहित्य समाजले साहित्य जगतमा अनुकरणिय कार्य गरेर साहित्य र सृजनाको सम्मान गरेको बताउनुभयो । उहाले साहित्य लेखन कार्यलाई थप परिष्कृत र परिमार्जित बनाउन साहित्य सम्बन्धि बिभिन्न तालिमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा देवकोटा बहुमुखी क्याम्पस सुनवलका प्रध्यापक बाबुराम बस्नेतले साहित्यले मानिसलाई अध्यात्मिक चिन्तनतर्फ अग्रसर गर्ने भएकाले साहित्यमा लाग्न सबैलाई प्ररेणा प्रदान गर्नुभयो । कार्यक्रममा युगिन साहित्य समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, अनुराग साहित्य समाजका सल्लाहकार जयकिशन अधिकारी, कोषाध्यक्ष राजकिरण अर्याल, उज्यालो लाल्टिन प्रतिष्ठानका स्वतन्त्र नेपाल, विष्णु विवश पोखरेल, गणेश न्यौपाने, शुशिल सापकोटा, रविन शर्मा चापागाई गोमा बस्याल, समिन गैरे, दीक्षा ठड्राई, सुवेक्षा ठड्राई, बबिन पाठक, सुवेक्षा ठड्राई लगायतले रचना बाचन गर्नुभएको थियो ।

कार्यक्रम अनुराग साहित्य समाजका उपाध्यक्ष सरस्वति बस्यालको स्वागत, सचिव श्याम न्यौपानेको संचालन र सदस्य जानुका लम्सालको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।