असल नागरिक बनाउनका लागि शिक्षा : शर्मा

590

असल नागरिक बनाउनका लागि शिक्षा : शर्मा

बुटवल, फागुन । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल ११ कालिकानगर, मझुवाले बुधवार ९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा संस्थापक सभामुख बलदेव शर्मा पोखरेलले अवको युग बिज्ञान र प्रविधीको युग भएको उल्लेख गर्दै युग अनुसारको व्यबहारिक शिक्षा आवश्यक रहेको बताउनु भयो ।

उहाँले बिद्यालय शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने साधन नभई पूर्ण रोजगार मुलक र असल नागरिक उत्पादन गर्ने साधन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रुपन्देही जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले संस्थागत विद्यालय नतिजामुखि भन्दापनि संस्कारमुखि हुुनुपर्ने बताउदै इन्टलेक्च्यूअलले त्यस तर्फ ध्यान दिएको आफूलाई आभास भएको बताउनुभयो ।

कार्यक्रममा बुटवल उप महानगरपालिकाका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले निजि विद्यालयले मुलुकको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेलेको धारणा राख्दै स्थानीय तहले कसरी आफ्नो तहमा सिपयुक्त शिक्षा बनाउने भन्नेमा आफुहरु लागीरहेको बताउनुभयो ।

सोहि अवसरमा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावक जिम्मेवार नभएसम्म विद्यार्थीको शैक्षिक अवस्थामा सुधार नहुने बताउनुभयो ।

विद्यालयका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थी, अभिभावक एवं बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुष्मा अर्याल अभिभावक डिल्लीनारायण पाण्डेय, बिद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेल लगायतले भनाई राख्नुभएको थियो ।

सोही अवसरमा स्थानीय अपाङ्गता भएका बृद्ध दम्पत्तीलाई सम्मान गरिएको थियो । बुटवल ११ मझुवा भुवनसिङमार्ग निवासी अपाङ्गता भएका बृद्ध मनबहादुर विक र उहाँकी श्रीमती कला विकलाई जिन्सी तथा नगद सहित सम्मान गरिएको हो ।

बार्षिकोत्सव कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ठ भएका बिद्यालयका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस अवसरमा बिद्यार्थीले बिज्ञान प्रदशनी समेत गरेका थिए भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।