Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • अस्थायी राजधानी रुपन्देहीमा राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    January 11, 2018


    काठमाण्डौ, २७ पुस । प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरु प्रधानमन्त्री कार्यालयमा बिहीबार डेलिकेशन गएका छन् ।

    रुपन्देहीमा प्रसस्त आधार तथा पुर्वाधारहरु रहेकाले अस्थायी मुकामका लागि अन्य विकल्प नभएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । डेलिकेशनमा गएको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर संवैधानिक ब्यवस्था अनुसार प्रदेशको राजधानी तोक्ने कार्य प्रदेश सभाले गर्ने भएपनि अस्थायी मुकाम तोक्ने कार्य वर्तमान सरकारको जिम्मेवारीमा आएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो ।

    जिल्लामा अस्थायी मुकाम तोक्नका लागि आधारहरु भएकाले रुपन्देहीलाई अस्थायी मुकाम तोक्दा उपयुक्त हुने ठहर टोलीले गरेको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।

    टोलीमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, मानबहादुर विश्वकर्मा (अर्घाखाँची), चन्द्र भण्डारी (गुल्मी), भरत शाह (रुपन्देही), अतहर कमाल कपिलबस्तु, हरिप्रसाद नेपाल (पाल्पा), पुस्पा भूषाल र विमला क्षेत्री (अर्घाखाँची), तथा नेताहरु खेलराज पाण्डे, चोपनारायण श्रेष्ठ, कुशकुमार मल्ली लगायतका ५० बढी कांग्रेसका नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर अस्थायी मुकाम रुपन्देहीलाई तोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउनु भएको हो ।

    रुपन्देहीलाई अस्थायी मुकाम तोक्नका लागि शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल, निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सभाहल, भारतीय सिमानमा बेलहिया नाका, सबै क्षेत्रमा जानकालागि उपर्युक्त यातायातको व्यबस्था भएको, तत्कालकालागि आवश्यक भौतिक पुर्वाधारहरु प्रयाप्त भएको लगायतका कारणहरुले मुकामका लागि रुपन्देही बाहेकको विकल्प नभएको प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।