इन्टलेक्च्यूअलमा बाल क्लब

1.3K

इन्टलेक्च्यूअलमा बाल क्लब

 

बुटवल । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा बाल क्लबको गठन गरिएको छ ।

कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु क्लबमा सहभागी क्लबको अध्यक्षमा अनुजा खनाल, उपाध्यक्ष सुलब बास्तोला, सचिव हर्षित थापा, सहसचिव संगिता पौडेल, र कोषाध्यक्ष सिन्थिया पाण्डे मगर रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा अनुष्का लोहनी, गौरब कार्की, जस्मिन अस्लामी, आरती आले मगर, सिनल देवकोटा, सागर सुनार, सजना थापा, शिव कुवर, सिरिस्मा अर्याल, अरिना महत, अमृत नेपाल र रिभा वराल रहेका छन् ।

बालबालिकाको प्रतिभालाई विभिन्न क्रियाकलापहरु मार्फत प्रस्फुटित गराउने उदेश्यले यस क्लबको गठन गरिएको विद्यालयले जानकारी दिएको छ । क्लबको संरक्षकमा विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेल र सल्लाहकारमा संयोजक माया पौडेल र खुम बहादुर पालुङ्गे तथा अतिरिक्त क्रियाकलाप प्रमुख सुदिप घिमिरे रहेका छन् ।