नेपालको ‘भुमरी’

1.6K

नेपालको ‘भुमरी’

काठमाडौं, ६ बैशाख । साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ ’उपन्यास’ भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो ।

भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्थ र कलात्मक रुपमा छर्लङ्ग पारेका छन् । काभ्रे, सिन्धुपालन्चोक, धार्दिङ्ग लगायत भुकम्प प्रभावित स्थानहरुको स्थलगत भ्रमण गरी तयार पारिएको उपन्यास सरल भाषामा लेखिएको छ ।

भुकम्प पीडितहरुले आफ्ना घर भत्किए पछि भोग्नु परेको पिडा उपन्यासमा पोखिएको छ । त्यसैगरी बैदेशिक रोजगारीले समाजमा ल्याएको बिकृति, बिसंगती र खाडीमा नेपालीहरुले भोग्नु परेका पिडालाई कान्छि पात्र मार्फत लेखकले यथार्थता झल्काएका छन । जनयुद्धकालमा आफ्नो पितालाई युद्धकारीहरुले हत्या गरे पछि टुहुरी बनेकी कान्छि अन्ततः गाँस बास र कपासको लागि खाडी मुलुक ओमान छिर्छिन र अनेकौ दुखर पिडा भोगी जन्मभुमी फिर्छिन् । अन्तत लेखककी प्रेमिका कान्छि क्यासरको शिकार हुन्छिन । जसले गर्दा प्रेम बियोगान्त बनिदिन्छ ।

यस्तै द्धन्दकालमा बिधवा बनेका सयौँ नेपाली आमाहरुको आँसु उपन्यासको पन्नाहरुमा पोखिएको छ भने लेखक र कान्छिको प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बैदेशिक रोजगार, भुकम्पको महामारी र प्रेमलाई चिराफारा गरिएको यो उपन्यास रोचक र पठनिय रहेको शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौड्यालले बताए ।