नागरिक समाजद्वारा बेवारिसे व्यक्तिको उद्धार

663

नागरिक समाजद्वारा बेवारिसे व्यक्तिको उद्धार

बुटवल, ३१ असार । नागरिक समाज रुपन्देहीद्वारा बेवारिसे व्यक्तिको उद्धार गरेको छ । भैरहवा मालटोलमा विगत नौ महिनादेखि सार्वजनिक जग्गामा खुला आकासमुनी बस्दै आएका अन्दाजी ५० वर्षीय भारतीय मुलको पुरुषलाई उद्धार गरेको हो ।

त्यसरी बस्दै आएका मानिस बिरामी अवस्थामा रहेको थाहा पाएपछि गत आईतबार उद्धार गरिएको समाजका सल्लाहकार दिपक रोकाले जानकारी गराउनु भयो । नागरिक समाजका अध्यक्ष रेशम केसी, सचिव वावुलाल यादव, उपाध्यक्ष शारदा पोखरेल, क्षेत्रीय अध्यक्ष पुरन थापा सहित नागरिक अगुवाहरुको संयुक्त प्रयासमा बेवारिसे ती व्यक्तिलाई उद्धार गरि मानव सेवा आश्रमको जिम्मा लगाईएको उहाँले जानकारी गराउनु भयो ।

सामाजिक संस्थाको सहयोगमा आश्रममा ल्याईएका ति व्यक्ति मानसिक रोगी समेत रहेकाले तत्कालै मासिक रोगको उपचार समेत थालिने मानव सेवा आश्रम बुटवलकी संयोजक सरु अधिकारीले बताउनु भयो ।