भैरहवा–लुम्बिनी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

908

भैरहवा–लुम्बिनी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल, १४ बैशाख । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भोली शनिबारदेखि तीन दिनसम्मकालागि भैरहवा–लुम्बिनी सडकमा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

शान्तिका अग्रदुत गौतम बुद्धको २५६२ औं जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा स्वदेश तथा विदेशका अतिविशिष्ट व्यक्तिहरु तथा धर्मावलम्बीहरुको आगमनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले भैरहवा बुद्धचोकदेखि लुम्बिनीसम्मको सडक खण्डमा बिहान ६ बजेखि बेलुका ८ बजेसम्म मालवाहक सवारी सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सार्वजनिक सूचनामा उक्त सडकमा टिप्पर, ट्रक, लरी, ट्याङ्कर लगायतका मालवाहक सवारी साधन वेलुका ८ बजेपछि मात्रै सञ्चालन गर्ने गराउने व्यबस्था मिलाउन समेत आग्रह गरिएको छ ।