Tuesday 20th November 2018
  • New title for a=>html, img=>alt
  • अप्राकृतिक मैथुन गर्दागर्दै भारतीय बाबा बुटवलमा पक्राउ

    August 9, 2018


    बुटवल, २४ साउन । अप्राकृतिक मैथुन गर्दागर्दै एक भारतीय बाबा बुटवलमा पक्राउ परेका छन् । सुन्दा अपत्यारिलो तर अथार्थ २० वर्षदेखि सन्याशी जीवन बिताउँदै आएका भारत उडिसाका ५५ वर्षीय सुन्दर पुरीलाई अप्राकृतिक मैथुन गर्दागर्दै बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

    बुटवलको पुरानो बसपार्क नजिकै कोठा भाडामा लिएर बस्दै आएका पुरीले सडक बालकहरुलाई आर्थिक प्रलोभन देखाई अप्राकृतिक मैथुन गर्दै आएको थियो । आर्थिक प्रलोभनमा परि विगत २० दिन अंघिदेखि २ बालकलाई अप्राकृतिक मैथुन गर्ने गरेको ती बालकले प्रहरी समक्ष बयान दिएका छन् ।

    दिनभर घरघरमा भिक्षा माग्दै हिड्ने र साँझ बिहान सडक बालकलाई आर्थिक प्रलोभनमा पारी अप्राकृतिक मैथुन गराउने गरेको स्थानीयले देखिपछि प्रहरीलाई खवर गरेका थिए । लगत्तै आएको प्रहरीको टोलीले बिहिबार पक्राउ गरेको हो । पक्राउ परेका वावाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन गरे ३ वर्ष कैद र ३० हजार जरीमाना हुने कानुनी व्यवस्था छ ।