Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • इन्टलेक्च्यूअलमा विदाई तथा शुभकामना कार्यक्रम

    March 10, 2018


     

    बुटवल । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल ११ कालिकानगर,ले एस ई ई २०७४ मा सहभागी हुने आºना विद्यार्थीहरुलाई एक समारोह विच विदाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

    शनिवार विद्यालयमा आयोजित समारोहमा उपसचिव एवं बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थी, विद्यालयका अध्यक्ष डिल्लीराज अर्याल, प्रबन्धनिर्देशक रामराज पोख्रेलले विद्यार्थीलाई मायाको चिनो र मालाले सम्मान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि सचिव एवं बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यार्थीलाई अराएर भन्दा आफैले गर्न सक्ने बानिको विकास गराउनुपर्ने अवको शिक्षाको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रबन्धनिर्देशक रामराज पोख्रेलले अबको शिक्षा नतिजामुखि भन्दा सिपमुखि हुनुपर्ने धारणा राख्नुभएको थियो । विद्यालयका कक्षा ९ द्घारा आयोजित समारोहको अध्यक्षता विद्यार्थी निकिता बराल, सञ्चालन दिब्या नेपालीले गरेका थिए भने स्वागत प्रतिभा थापाले गरेका थिए । कार्यक्रममा कक्षा १० का विद्यार्थीको तर्फबाट नविना ज्ञवाली र स्मारक मरासिनीले आºनो मन्तव्य राखेका थिए ।