Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • विद्यालय कर्मचारीको प्रदेश समिति गठन

    February 18, 2018


    बुटवल ६ फागुन । नेपाल विद्यालय कर्मचारी परिषद् प्रदेश न. ५ को प्रदेश भेला दाङको लमहीमा सम्पन्न भएको छ । सरकारी विद्यालयमा कार्यरत कर्मचारीको हक, हित र पेशागत सुरक्षाका वारेमा आवाज उठाउने उद्देश्य सहित आयोजित भेलाबाट १३ सदस्यीय प्र्रदेश स्तरिय कार्यसमिति गठन गरिएको छ ।

    समितिको अध्यक्षमा गंगा नेपाल (रुपन्देही), उपाध्यक्ष डम्बर ओली (दाङ), महिला उपाध्यक्ष कुमारी पुलामी (रुपन्देही), सचिव कृष्ण कुवँर (बाँके), अर्थ सचिव किसन सारु (प्युठान), सहसचिव अबिना थापा तथा सदस्यहरुमा धनबहादुर रावत, यादबप्रसाद बस्याल, इटन भुसाल, नविन अर्याल, कमल सुवेदी, ताराबहादुर रावत र गुरुप्रसाद पोख्रेल रहेका छन् ।

    विभिन्न दलहरुसंग आस्था राख्ने कर्मचारीहरुको एकमात्र साझा संगठन भएकाले शिक्षकका सरह सेवा सुविधाका लागि पहल गर्ने आफुहरुको पहिलो एजेन्डा भएको नवनिर्वाचित अध्यक्ष नेपालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।