Tuesday 20th November 2018
  • New title for a=>html, img=>alt
  • विश्वकपसंगै बुटवलमा एक्स रेष्टुरेन्ट

    June 15, 2018


    बुटवल, असार । बुटवलको राजमार्ग चौराहमा एक्स रेष्टुरेन्ट, लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । सन् २०१८ को विश्वकपको सुरुवातलाई लिएर विशेष प्रशारण सहितको प्याकेज लिएर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको रेष्टुरेन्टका प्रबन्धक निलम अधिकारीले जानकारी दिनुभयो ।

    रातो र कालो रंगको ४ तल्ले भवनमा छुट्टा छुट्टै तलामा फरक फरक वातावरणमा सेवा प्रदान गरिने बारले जनाएको छ । विश्वकप अवधीभर विशेष छुटको व्यवस्था सहित रेष्टुरेन्टमा ७५ इन्चको टेलीभिजनमा विश्वकप हेर्दै विभिन्न खालका परिकार खान सकिने उहाँले बताउनुभयो ।

    ग्रील अक्टोपस, अक्टोपस इन व्ल्याक विन सस, प्राउन कक्टेल लगायतका परीकार रेष्टुरेन्टको मुख्य परिकार हुने पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।