Thursday 20th September 2018
  • New title for a=>html, img=>alt
  • व्यूटिसिन संघको बुटवल अध्यक्षमा न्यौपाने

    January 11, 2018


    बुटवल, २७ पुस । नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध संस्था नेपाल व्यूटिसियन संघ बुटवल उपमहानगर समितिको दोस्रो अधिवेशनले मनु न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    बिहिबार बुटवलमा सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले समितिको उपाध्यक्ष शरीता गिरी, सचिवमा सुनिता अर्याल, सहसचिवमा ईन्द्राकुमारी थापा तथा कोषाध्यक्षमा लिलमायाँ गुरुङ्लाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै कार्यसमिति सदस्यहरुमा दुर्गा नेपाल, तुलसी न्यौपाने, सजना घिमिरे (पाण्डे), बिना मल्ल, सीता थापा, गीता राना र यमुना श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
    अधिवेशन पछि बसेको नयाँ कार्यसमितिको बैठकले संघकी निवर्तमान अध्यक्ष बिष्णु थापा, केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा र नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले संरक्षण बिनाको पेशा अव सम्भव नभएको बताउँदै पेशागत संरक्षणकालागि नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले नेतृत्व गर्ने बताउनु भयो ।

    नव निर्वाचित अध्यक्ष मनु न्यौपानेले सबैलाई समेटेर पेशागत मर्यादा कायम राख्दै व्यबसायी तथा मजदुरहरुलाई सुरक्षाको प्रत्याभुति गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    नगर समितिकी अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा व्युटिसियन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, पाँच नम्बर प्रदेशकी अध्यक्ष सीता अर्याल, रुपन्देही जिल्ला अध्यक्ष रेनु कर्माचार्य, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव तथा ट्रेड युनियन काँग्रेस रुपन्देही युवा समितिका अध्यक्ष कबिन्द्र नेपाल, संघकी जिल्ला सचिव अनिता केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।