Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • बिपी कप क्रिकेटको उपाधी आयोजकलाई

    February 23, 2018


    बुटवल, फागुन । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पसले आयोजना गरेको प्रथम बिपी कप क्रिकेट प्रतियोगिताको उपाधी आयोजक बुटवल बहुमुखी क्याम्पसका बिद्यार्थीले जितेका छन् ।

    २९ टिम सहभागि रहेको प्रतियोगितामा लुम्बिनी बाणिज्य क्याम्पसको टिम उपविजेता भएको छ । प्रतियोगितामा विजेतालाई ३० हजार रुपैंया तथा उपविजेतालाई २० हजार नगद तथा उपाधी सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

    त्यस्तै विधागत रुपमा म्यान अफ द म्याच बुटवल बहुमुखीका प्रभात न्यौपाने, म्याच अफ द सिरिज सञ्जु बोहोरा, वेष्ट वलर लुम्बिनी बाणिज्यका सुनिलप्रसाद आचार्य र वेष्ट फिल्डर कोलाज जोशी भए । उनीहरुलाई पनि पुरस्कृत गरिएको खेल संयोजक दिवस न्यौपानेले जानकारी दिनुभयो ।