Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • बुटवल उद्योग बाणिज्य संघ सम्मानित

    April 11, 2018


    बुटवल, २८ चैत । बुटवल उद्योग वाणिज्य संघ उत्कृष्ठ उद्योग वाणिज्य संघका रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ बार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा संघको आयआर्जन र भौतिक संरचना बिकासको क्षेत्रमा देशभरका उद्योग वाणिज्य संघहरु मध्येबाट बुटवल उत्कृष्ठ भएको हो ।

    बुधवार काठमाण्डौमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संघका अध्यक्ष खिम बहादुर हमाललाई सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो । बुटवल उत्कृष्ठ भईरहंदा सिन्धुपाल्चोक दोश्रो र पर्वत तेश्रो भएका छन् ।