Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • तराई र पहाड जोड्दै बुद्ध एयर

    September 8, 2017


    भैरहवा, २३ भदौ । बुद्धजन्मस्थल लुम्विनीको प्रवेशद्वार भैरहवादेखि पर्यटकीय शहर पोखरा अव १५ मिनेटमै पुगिने भएको छ । नीजि बायुसेवा कम्पनी बुद्ध एयरले शुक्रवारदेखि नियमित उडानका लागि टिकट बुकीङ गरेसंगै हवाई सेवा मार्फत तराई र पहाड जोडिँदैछन् ।

    भैरहवाबाट पोखराका लागि शुक्रवार ११ः४० बजे विमान उड्ने र त्यसका लागि ट्राभल्स एजेन्सीहरुले धमाधम टिकट बुकिङ गरिरहेको बुद्ध एयरका वरिष्ट प्रवन्धक दर्शन घिमिरेले जानकारी दिनुभयो । जहाजबाट भैरहवादेखि पोखरा १५ मिनेटमा पुग्न सकिने उहाँले बताउनु भयो ।

    लुम्विनी र पोखराका पर्यटन व्यवसायीको मागका र यात्रुको भावना बुझेर नयाँ सेक्टरमा नयाँ उडान सुरु गर्ने कम्पनीको निर्णयलाई अप्रेसनमा लागिएको वरिष्ट प्रवन्धक घिमिरेले जानकारी दिनुभयो । यसबाट स्वदेसी र विदेसी पर्यटकका साथै सर्वसाधारणले १५ मिनेटभित्रै पहाड र तराई दुवैठाऊको तातो, चिसो मौसम एवं दुवैस्थानको पृथक संस्कृती अनुभव गर्नेछन् । यसले लुम्विनी, पोखरा, मुक्तिनाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

    नेपालमा दर्जनबढी वायु कम्पनी संचालन भएपनि यी दुई पर्यटकीय शहरका विचमा नियमित उडान नहुँदा पहाडी सडकमार्गमा सास्ती खेप्नुका साथै पाल्पाको सिद्धबाबा, स्याङ्जाको भालु पहाड तथा नवलपरासीको दाउने क्षेत्रमा धेरैलदे अकालमै ज्यान गुमाएका छन् । यसक्षेत्रमा आएका पर्यटकहरु पोखरा, चितवन, अन्नपुर्ण ट्रेकिङ र काठमाण्डौं गन्तव्य बनाएर आउने र तीक्षेत्रहरु जान बढी रुचाउने गरेको पाईन्छ । यसवर्ष वेलहिया नाकाबाट सार्क, भारत बाहेक तेस्रोमुलुकका एकलाखजति पर्यटक भित्रिएको र त्यसभन्दाबढीले नेपाल देश छोडेर बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ ।

    एकसय २१ देशका नागरिकले वेलहिया नाकाको प्रयोग गर्ने गरेका छन् । पर्यटक आगमनमा वृद्धि भएससंगै अध्यागमन कार्यालयले करिव १० करोड राजस्व संकलन गरेको छ । बायुसेवा कम्पनीले २१ औं वार्षिक उत्सवका अवसरमा नयाँ रुट पहिचान गरी पोखरा–भैरहवा–पोखरा र पोखरा–चितवन–पोखरा नियमित उडान भर्ने योजना ल्याएको हो । यी क्षेत्रका नया रुटमा १८ सिटको विमान उडान भर्नेछ । पोखरा–भैरहवाका लागि चार हजार दुईसय रुपैंया भाडादर कायम गरेको प्रवन्ध घिमिरेले बताउनु भयो ।