बुटवललाई पर्यटकिय नगर बनाउन छाडा चौपायाको नियन्त्रण जरुरी

665

बुटवललाई पर्यटकिय नगर बनाउन छाडा चौपायाको नियन्त्रण जरुरी


यमलाल भुसाल/
बुटवल, ५ बैशाख । बुटवललाई पर्यटकिय नगरका रुपमा स्थापित गर्नका लागि यस नगर क्षेत्रमा  रहेका छाडा चौपायाको नियन्त्रण जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

बुटवल उपमहानगरपालिका व्यवस्थापकिय हिसावले चार वर्ष देखि लगातार उत्कृष्ट नगरपालिकाको रुपमा पुरष्कृत भए पनि यस नगरमा रहेको छाडा चौपायाले नगरलाई कुरुप बनाएको वक्ताहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको नव वर्षको क्यालेण्डर विमोचन, स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले बुटवल पर्यटकिय हिसावले संभावना बोकेको क्ष्ोत्र हुदाँ पनि संरक्षण तथा सवद्र्धन नहुदाँ सोचे अनुसारको विकास हुन नसकेकोमा चिन्ता जाहेर गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बुटवललाई यस क्षेत्रकै पर्यटकिय नगरका रुपमा स्थापित गर्न पर्यटन व्यवसायी र नगरपालिका मिलेर काम गर्नु पर्नेमा जोड दिनु भयो । यस क्षेत्रमा रहेका पर्यटकिय गन्तव्य र एैतिहासिक स्थलहरुको पहिचान तथा तिनको प्रचार प्रसारमा नगरपालिका र होटलव्यवसायीले संयुक्त रुपमा मिलेर काम गर्नु पर्नेमा कार्यकारी अधिकृत पाण्डेले आग्रह गर्नु भयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल र बुटवलमा अन्तराष्ट्रिय सभाहल निर्माणको चरणमा रहेकाले यस क्षेत्र पर्यटकिय गन्तव्यका लागि उत्कृष्ट स्थान रहेको धारणा राख्नु भयो । कार्यक्रममा होटल व्यवसायी संघ रुपन्देहीका  सल्लाहकार कुलचन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम, महासचिव बाबुराम गौतम, क्यालेण्डर प्रकासन समितिका संयोजक बाबुराम श्रेष्ठ लगायतले पर्यटकिय गन्तव्यको सभाबना रहेको बुटवलमा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु मिलेर एकिकृत विकासका योजना अगाडीबढाउनु पर्नेमा जोड दिनु भएको थियो ।