बुटवल जेसिजको अध्यक्षमा तिवारी

1.1K

बुटवल जेसिजको अध्यक्षमा तिवारी

बुटवल, १५ पुस । बुटवल जेसिजको ४४ औं साधारण सभा तथा अधिवेशनबाट यमप्रसाद तिवारीको अध्यक्षतामा सर्वसममत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

सन २०१७ का महासचिव तिवारीलाई नेतृत्वका आकांक्षि राजेन्द्रबहादुर जिसीले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष सहित सबै पदमा सर्बसम्मत भएको हो ।

एक वर्षे कार्यकाल रहने बुटवल जेसिजको सन २०१८ का लागि कार्यकारिणी उपाध्यक्षमा हरिबिक्रम कुवँर र नरदेव न्यौपाने तथा उपाध्यक्ष महेश पाण्डे, दिनेश खड्का, माधव खनाल र उत्तम पोखरेल निर्वाचित हुनु भएको छ । त्यस्तै सहसचिवमा रमेश अर्याल र सहकोषाध्यक्षमा प्रकाश शर्मा निर्वाचित हुनु भएको निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक उत्तम सुवेदीले प्रहरीले जेसिजसंग मिलेर काम गर्ने चाहना राखेको बताउनु भयो । उहाँले जेसिजका हरेक गतिबिधि समाज सुधारक हुने बताउँदै उक्त विश्वासलाई कायम राख्नेगरि काम गर्नु समेत सुझाव दिनुभयो ।

अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसिज तथा नेपाल जेसिजका पूर्व अध्यक्षहरु अनुपमान सैंजु, जगतबहादुर पोखरेल, बुटवल जेसिजका पूर्व अध्यक्षहरु बेनुराम प्रधान, हिमाल गैरे गोपाल पाण्डे, कार्यक्रम संयोजक दिनेश खड्का, उपाध्यक्ष अर्जुन ज्ञवाली लगायतले भनाई राखेका थिए । कार्यक्रममा महासचिव यमप्रसाद तिवारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।