बुटवलमा टेरिया साँझ हुने

641

बुटवलमा टेरिया साँझ हुने

बुटवल, २५ चैत । बुटवलमा टेरिया साँझ २०७३ हुने भएको छ । टेरिया फौजामगर फाउण्डेशन नेपाल रुपन्देहीको आयोजनामा आगामी बैशाख ११ गते बुटवलको मिलन चलचित्र मन्दिरमा टेरिया साँझ गर्न लागिएको हो ।

फाउण्डेशनलाई आर्थिक रुपमा सवल बनाउन कोष स्थापना गर्ने उद्देश्यले टेरिया साँझ गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । फाउण्डेशनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरिया साँझमा टेरिया सहित स्थगानीय कलाकारले प्रस्तुती गर्ने बताउनु भयो । करिव ३ घण्टाको कार्यक्रममा टेरियाले ४ गीतमा सिंगल नृत्य गर्नेछिन् भने बाँकी तीन वटा गीतमा सामुहिक नेत्य गर्ने छिन । टेरिया साँझमा करिव १५ वटा गीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्ने टेरिया फौजामगर फाउण्डेशनका उपाध्यक्ष तथा बागेश्वरी संगितालयका सञ्चालक सुरेस सेन्चुरीले बताउनु भयो ।

गरिव, विपन्न, असाहय तथा जेहन्दार विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनको कोषमा अहिले करिव पौने दुई लाख रहेको र सामाजिक कामको प्रयोजनकालागि कोष बृद्धि गर्न कार्यक्रम आयोजना गरिएको अध्यक्ष फौजामगर बताउनु हुन्छ ।

सुनगाभा सामुदायिक बिकास केन्द्र रुद्रपुर सहआयोजक रहेको टेरिया साँझ सम्पन्न गर्नका लागि करिव पाँचलाख खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा हजार बढी दर्शकलाई सहभागि गराउने लक्ष्य लिईएको र प्रवेशकालागि १ हजार र पाँच सय रुपैंयाको टिकट राखिएको बताईएको छ । पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, पत्रकार टिआर शर्मा लगायतले टेरिया साझलाई सफल बनाउनका लागि सबैको सहयोग र समर्थन आवश्यक रहने बताउनुभयो ।