Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • बुटवलमा बौद्ध शिक्षा कार्यक्रमको तयारी

    September 12, 2017


    बुटवल, २७ भदौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा बौद्ध शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।बुद्धिज्ममा दक्ष जनशक्ति उत्पादन गर्नकालागि ४ वर्षे स्नातक तह (व्याचलर ईन बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट) (बि.बि.टि.टि.एम.) कार्यक्रम सञ्चालन गर्न लागिएको लुम्बिनी विश्वविद्यालयले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी समिति सदस्य प्राध्यापक ईन्द्र काफ्लेले जानकारी गराउनु भयो ।

    नेपालको पर्यटनलाई फोकस गरि बुद्ध सर्किटलाई समेट्नेगरी विलकुलै नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । तिहार पछि कक्षा सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी विश्वविद्यालयले दशैं तिहारको बिचमा बिद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने छन् । कक्षा १२ मा कम्तिमा ४५ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने विश्वविद्यालयले जनाएको छ ।

    व्यबसायिक र प्राबिधिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्नकालागि सञ्चालन गर्न लागिएको शैक्षिक कार्यक्रमबाट अंग्रेजी, बुद्धिजम र नेपाली संस्कृतिलाई कसरी जोड्न सकिन्छ, टुर अप्रेसन, म्यानेजमेन्टका प्रिन्सीपल, इन्फरमेशन टेक्नोलोजी, ई–टुरिजम, एयरलाईन्स टिकेटिङ् लगायतका बिषयमा विशेषज्ञ जनशक्ति उत्पादन हुनेछन् । प्राविधिक रुपमा समेत दक्ष जनशक्ति उत्पादन हुने भएकाले नेपालमा मात्रै नभएर विदेशमा समेत रोजगारीको राम्रो सम्भावना रहेको उहाँले बताउनु भयो ।

    लुम्बिनी क्षेत्र र अन्र्तराष्ट्रिय विमानस्थल निर्माण हुदै गरेकाले यो विषयको अध्यापन शुरुआतलाई महत्वपूर्ण मानिएको छ । हाल अध्ययन गरेका टुरगाईड नहुदा नेपालमा पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।आठ सेमेस्टरमा सञ्चालन गरिने उक्त शैक्षिक कार्यक्रममा प्रयोगात्मक अभ्यास गराईने भएकाले बिद्यार्थीले अनिवार्य रुपमा कक्षामा सहभागि हुनुपर्ने र कक्षाका ८० प्रतिशत हाजिरी नभएको बिद्यार्थीलाई परिक्षामा सहभागि नगराईने उहाँले जानकारी गराउनु भयो ।

    शैक्षिक शुल्कका सवालमा छलफल चलिरहेकाले अहिले नै शुल्क तय नभएको बताउँदै उहाँले गरिव धनी सबैलाई मिल्नेगरी शुल्क निर्धारण हुने उहाँले बताउनु भयो ।