बुटवलमा वडा स्तरीय तरुणदल फूटसल प्रतियोगिता हुने

672

बुटवलमा वडा स्तरीय तरुणदल फूटसल प्रतियोगिता हुने

बुटवल, १७ कात्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बुटवल नगर समितिले तरुण एकता र उत्साहकालागि वडा स्तरीय फूटसल प्रतियोगिता आयोजना गरेको छ ।

यहि कात्तिकको १९ र २० गते हुने प्रतियोगितामा १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा प्रत्येक वडा र आयोजक नगर समिति गरि २० टिम सहभागि हुने शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तरुण दल रुपन्देहीका सभापति सुजन पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी टिमलाई २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई प्रोत्साहन स्वरुप १० हजार रुपैंया नगर पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी गराउनु भयो ।

तरुणदलको स्थापना दिवसमा गर्ने तयारी गरिएको उक्त प्रतियोगिता चुनावका कारण पोसपोन भएको र आगामी वर्षदेखि स्थापना दिवसमा नै निरन्तरता दिईने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितामा बचेको रकमबाट २० प्रतिशत र विजयी टिमले आफ्नो पुरस्कारबाट १० प्रतिशत संकलन गरि जाडोमा बृद्धबृद्धालाई कम्बल वितरण गरिने बताईएको छ ।

सोही अवसरमा बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा नेपाली काँग्रेसबाट विजयी भएका वडा अध्यक्षहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको तरुण दल क्षेत्र नं. ४ का सभापति हसन्त लामाले जानकारी गराउनु भयो ।