Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • बुटवलमा सिठ्ठी जुलुस

    January 10, 2018


    बुटवल, २६ पुस । डा.गोविन्द केसीलाई पक्राउ गरिएको बिरोधमा बुटवलमा बुधबार सिठी जुलुस निकालिएको छ । बुटवलको मिलनचोकबाट सुरु भएको जुलुस ट्राफिकचोकको कफि स्टेसन पुगेर कोण सभामा परिणत भएको थियो ।

    जुलुसमा सहभागीहरुले सिठी र शंख फुकेका थिए । जुलुसपछि आयोजित कोणसभामा उनीहरुले डा. केशीलाई पक्राउ गर्नु निन्दनीय भएको बताएका थिए ।

    कोणसभामा बोल्दै विबेकसिल साझा पार्टीका जिल्ला नेता हरिकृष्ण अधिकारी, लेखक ऋषि आजाद, नयाँ शक्तिका यज्ञ पोखरेल, विद्यार्थी नेता दिनेश पौडेल लगायतकाले बोल्दै केसीलाई पक्राउ गरेर न्यायालयको गरिमा कमजोर पार्ने काम भएको बताएका थिए ।