एनआईसी एसियालाई व्याजदर नबढाउन अदालतको आदेश

586

एनआईसी एसियालाई व्याजदर नबढाउन अदालतको आदेश

बुटवल, ८ चैत । एन आइसि एशिया बैंकलाई व्याजदर नबढाउनकालागि अदालतले आदेश जारी गरेको छ । एनआइसि एशिया बैंकले ब्याजदर बढाएर सर्वसाधारण ऋणीलाई समस्यामा पारेपछि त्यस्तो कार्यलाई रोक्न बैंकका ग्राहक बुटवलकी सकुन्तला खनालले तुलसीपुर अच्च अदालत बुटवल ईजलासमा मुद्धा दायर गर्नुभएको थियो ।

बुधबार अदालतमा भएको बहसमा न्यायधिश द्वय युवराज सुवेदी र गोकर्ण डाँगीको संयुक्त ईजलासले बैकलाई व्याजदर नबढाउनकालागि परमादेश जारी गरेको हो ।

२० महिना अगाडि बुटवल निवासी बैंककी ऋणी खनालले एनआइसि एशिया बैंक लाजिम्पाट काठमाडौँबाट ६.४९ प्रतिशतका दरले ८९ लाख रुपैयाँ घर कर्जा लिनुभएको थियो । दुबै पक्षको सहमति विपरित बैंकले कर्जामा व्याजको दर बढाउँदै १४.४९ पु¥याएपछि उहाँले बैंकमाथि मुद्धा दायर गर्नुभएको हो ।