Friday 25th May 2018
  • New title for a=>html, img=>alt
  • क्यान ईन्फोटकमा सुरक्षा प्रविधी प्रमुख आकर्षण

    February 12, 2018


    बुटवल, २९ माघ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा हुने क्यान ईन्फोटेकमा सुरक्षा प्रविधीलाई प्रमुख आकर्षण बनाईने भएको छ । विश्वमा सूचना तथा सञ्चार प्रविधीका क्षेत्रमा भएका बिकास तथा नयाँ प्रविधीको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले बुधबारदेखि सुरु हुने ‘स्टार्टअपस् क्यान ईन्फोटेक–२०१८’ मा सुरक्षा प्रविधिलाई बिशेष आकर्षणका रुपमा राखिएको सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

    मेलामा म्युन ईटरनेशनल प्रालिको स्टार्टअपस् ब्राण्डले एसेम्वल गरेका सुरक्षा प्रविधीका सफ्टवेरहरु राखिने छन् । सूचना प्रविधि मेलाको मुख्य प्रायोजक समेत रहेको स्टार्टअपस्ले सिसिटीभि र हाजिरी प्रविधीको बिकास गरेको छ । मेलामा त्यसमध्ये अटोमेटिक सेन्सर स्लाईडिङ् डोर मुख्य आकर्षणको रुपमा रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

    सूचना प्रविधी मेलामा आउने उपभोक्तालाई सुरक्षा सम्बन्धि उपकरणमा १०० प्रतिशत सम्म छुटको समेत व्यबस्था मिलाईएको छ । अवलोकन कर्तालाई मेलामा बढी भन्दा बढी सहभागि गराउनकालागि आयोजकले बिभिन्न अफर प्रदान गरेको बताएका छन् । सुरक्षा सम्बन्धि एक मात्रै स्टल रहेको स्टार्टअफस्ले समेत १०० प्रतिशन सम्म छुटको व्यबस्था मिलाएको प्रवन्ध निर्देशक सन्तोष गौतमले जानकारी गराउनु भयो । तर छुटकालागि खेल खेल्नु पर्नेछ । खेलमा गरेको गोलका आधारमा छुट प्रतिशत प्राप्त गर्नेछन् । यदि कसैलाई छुट प्राप्त भएन भने छुट्टै गिफ्ट ह्याम्परको व्यबस्था गरिएको उहाँले जानकारी गराउनु भयो ।

    स्टार्टअफस्ले नयाँ सुरक्षा प्रविधीका समानहरु बिक्रि वितरण गर्नुका साथै त्यससम्बन्धि जानकारी गराउने छ । फगुनको ६ गतेसम्म सञ्चालन हुने ईन्फोटेकले नेपाली सूचना प्रविधी क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने आयोजकले आशा लिएका छन् । बुटवलमा भएको सातौं संस्करणको क्यान ईन्फोटेक–२०१८ मा १३० स्टल रहने र सबै स्टल बुकिङ् भईसकेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । प्रदर्शनी अवधिभर सूचना प्रविधीका सामानको निशुल्क मर्मत क्याम्प समेत सञ्चालन सञ्चालन गरिनेछ । क्याम्पमा मर्मतका क्रममा फेर्नुपर्ने सामानको शुल्क तिर्नुपर्नेछ भने कम्प्युटरमा एण्टिभाईरस निशुल्क राखिने बताईएको छ ।

    प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाईल एसेशोरिज, डिलर र डिष्ट्रियूटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलीकम्युनिकेशन्स, बैंक, आईसिटी कलेज लगायतका स्टल रहनेछन् । क्यान महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष नवराज कुवँरले सामान बिक्रि गर्न भन्दा पनि नयाँ नयाँ सूचना प्रविधीका बारेमा जानकारी गराउनकालागि ईन्फोटेक गरिएको बताउनु भयो । पाँच दिनसम्म सञ्चालन गरिने ईन्फोटेकमा १ लाख जनाले अवलोकन गर्ने र करिव २ करोडसम्मको कारोवार हुने अपेक्षा गरिएको छ ।