Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • कृषि

    कृषिमा नमुना प्रदेश बनाउछौँ : मन्त्री पौडेल

    बुटवल, १४ असार । प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लागि देशकै नमुना प्रदेशको रुपमा विकास गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको बताउनु भएको छ । अहिले संसदमा छलफलको रुपमा रहेको प्रदेश बजेटमा प्रदेश पाँचलाई कृषि क्षेत्रमा नेपालकै नमुना प्रदेशको रुपमा बिकास गर्नेगरी सरकारले योजना बनाएको

    बिना दर्ता सञ्चालित बुटवलका तीन ट्राभल एजेन्सीमा सिल

    बुटवल, १२ असार । बुटवलमा बिना दर्ता सञ्चालन भएका तीन वटा ट्राभल एजेन्सीमा अनुगमन समितिले सिल गरिदिएको छ । जिल्ला अनुगमन समिति रुपन्देही मंगलबार बुटवल उपमहानगरपालिका भित्र सञ्चालन भएका २० वटा ट्राभल एजेन्सीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बुटवल ट्राफिकचोकमा रहेको सुपर स्टार ट्राभल एण्ड टुर्स, बुद्ध एडभेन्चर ट्राभल एण्ड टुर्स र चौराहा रहेको

    प्रदेश पाँचः २८ अर्व ९ करोड बराबरको बजेट सार्वजनिक

    बुटवल, १ असार । शुक्रबार प्रदेश पाँचको आगामी आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक बजेट सार्वजनिक भएको छ । दोस्रो अधिवेशनको शुक्रबार बसेको नबौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्य मन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षकालागि २८ अर्व ९ करोड ३ लाख रुपैंया बराबरको बजेट सार्वजनिक गर्दै बजेटले मानवीय क्षमता बिकास

    नेपालमा मनसुन भित्रिएपनि सक्रिए हुन सकेन

    बुटवल, २९ जेठ । नेपालमा साविक भन्दा दुई दिन अगावै मनसुन सुरु भएको छ । सामान्यतयाः नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्दछ । यो वर्ष नेपालमा ८ जुनमै पूर्वी भागबाट मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाली मिती अनुसार गत शुक्रबार पूर्वी भागबाट नेपालमा मनसुन

    खेतीयोग्य जमिन माफियाको कब्जामा : मन्त्री खनाल

    बुटवल, २३ जेठ । कृषि मन्त्री चक्रपाणी खनालले नेपालमा व्यबसायिक कृषि उत्पादनकालागि उपयुक्त जमिन नभएकाले सरकार पहिला जमिनको व्यबस्थापनमा लागेको बताउनु भएको छ । उहाँले कृषिजन्य बस्तुमा आयात प्रतिस्थापन गर्नेगरी सरकारले काम सुरु गरेको बताउनु भयो । रिपोटर्स क्लवले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खनालले खेतीयोग्य जमिन भू–माफियाको कब्जामा पुगेको बताउँदै भू–माफियाको जालो

    कपिलवस्तुमा तरकारी जोन कार्यक्रम संचालन

    कपिलवस्तु,२१ चैत । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारी जोन कार्यक्रम संचालन भएको छ । एकीकृत तरकारी खेतीलाई प्रोत्साहन गरी नमुना तरकारी खेतीकालागि जिल्लामा तरकारी जोन कार्यक्रम संचालन गरिएको हो । कपिलवस्तु नगरपालिको पाँच वटा र बुद्धुभूमि नगरपालिकाको एक वडामा तरकारी जोन कार्यक्रम संचालन गर्न लागिएको हो । तरकारी जोन कार्यक्रमकै लागि कृषि विकास

    कृषि मेलामा माटो तथा विषादीको ल्याव परिक्षण गरिने

    कबिन्द्र नेपाल/ बुटवल, २८ माघ । आगामी फागुनमा बुटवलमा हुने प्राङ्गारिक कृषि मेलामा निशुल्क माटो परिक्षण तथा कृषि उपजमा बिषादीको मात्रा परिक्षण गरिने भएको छ । किसानले माटो परिक्षण गराएर प्रतिस्पर्धात्मक बढी उत्पादन हुने कृषि व्यबसाय गरुन् र आम्दानी बढाउन सहज होस भन्नकालागि निशुल्क माटो परिक्षणको प्रवन्ध मिलाईएको मेला आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष

    बुटवलमा ‘एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४’ हुँदै

    बुटवल, २० माघ । कृषि बिकास मन्त्रालय अन्तरगत कृषि व्यबसाय प्रवद्र्धन कार्यक्रम काठमाण्डौ, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि बिकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आगामी फागुनमा एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४ हुँदैछ । प्राकृतिक रुपमा उपलब्ध प्राङ्गारिक तथा जैविक मल, जैविक बानपस्तिक विषादीहरुको प्रयोगबाट वातावरण र माटोको गुणस्तरको उचित संरक्षण

    सुन्तला बोटको बिमा गर्न किसानको माग

    प्रेमनारायण आचार्य/ अर्घाखाँची, २४ पुस । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना सिम्लेका किसानले सुन्तला खेतीको बिमा गरिदिन सरकारसंग माग गरेका छन् । उनीहरुले कहिले रोग त केहिले असीनाले सुन्तला खेती नष्ट हुदा किसानलाई मार परेको भन्दै बिमाको माग गरेका हुन् । विगतका बर्षहरुमा सुन्तला बिक्रिबाट ३ करोड भित्रिने सिम्लेमा यस बर्ष असीनाले नोक्सान

    हाट वजारको फोहोर घरको चुलोसम्म

    श्याम पोखरेल/ बुटवल, १५ पुस । तपाई सचेत रहनुहोला अन्यथा हाटवजारको फोहोरले स्वास्थ्य विग्रन सक्छ । किनकी हाटवजारको धुलोधुवाका किटाणुसंगै फोहोरमैला तपाई हाम्रो चुलो चौकोसम्म पुग्ने गरेको छ । पहिलेदेखि अहिलेसम्म रुपन्देहीका सबै हाटवजार खुल्ला आकाशमुनीको फोहोरमा सञ्चालन गरिएको छ । खुल्ला आकाशमुनीको फोहोर ठाउंको हाटवजारका कारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । रुपन्देहीको सबै ठाउंमा