Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • अर्थ

    कर तथा लेखा सम्वन्धि तालिम सम्पन्न

    देवदह, ३ असोज । कर छली होईन सबै ब्यवसायीहरु करको दायमा आएमा मुलुकमा आर्थिक समृद्धि सम्भव हुने सरोकारवालाले बताएका छन् । राज्यलाई कर (राजश्व) कसरी तिर्न सकिन्छ भन्दापनि कसरी छलीगर्न सकिन्छ भन्नेतर्फ ब्यवसायिहरु केन्द्रित हुँदा मुलुकमा आर्थिक अपचलनका घटनाहरुमा बृद्धि भएको उनीहरुले बताएका थिए । आर्थिक अपचलन भन्दापनि राज्यलाई समयमै कर तिर्ने बानी गरेका मुलुक

    तराई र पहाड जोड्दै बुद्ध एयर

    भैरहवा, २३ भदौ । बुद्धजन्मस्थल लुम्विनीको प्रवेशद्वार भैरहवादेखि पर्यटकीय शहर पोखरा अव १५ मिनेटमै पुगिने भएको छ । नीजि बायुसेवा कम्पनी बुद्ध एयरले शुक्रवारदेखि नियमित उडानका लागि टिकट बुकीङ गरेसंगै हवाई सेवा मार्फत तराई र पहाड जोडिँदैछन् । भैरहवाबाट पोखराका लागि शुक्रवार ११ः४० बजे विमान उड्ने र त्यसका लागि ट्राभल्स एजेन्सीहरुले धमाधम टिकट बुकिङ गरिरहेको

    बुटवलमा कस्मेटिक्स उद्योग सञ्चालनको तयारी

    बुटवल, २३ भदौ । बुटवलका युवा उद्यमीहरुले नेपालमै कस्मेटिक्स्को सामान उत्पादन गर्नेगरी वेष्ट कस्मेटिक्स् उद्योग सञ्चालन गर्ने तयारी गरेका छन् । कस्मेटिक्स् सामानको आयात प्रतिस्थापन गर्नकालागि युवा उद्यमीहरु शान्ति शर्मा, सेराज मियाँ, राजु गैरे र विनायक कसौधन चार जनाले २० लाखको लागानीमा कस्मेटिक्स् उद्योग स्थापना गरि सञ्चालन गर्ने तयारी गरेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि

    यातायातमा डेढ अर्व बढी राजश्व संकलन

    बुटवल, २० भदौ । यातायात व्यबस्था कार्यालय लुम्बिनीले गत आर्थिक वर्षको तुलनामा ६२ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७३÷०७४ मा १ अर्व ६८ करोड ८१ लाख ३६ हजार ३ सय ६७ रुपैंया राजशव संकलन गरेको हो । कार्यालयले यो भन्दा अंघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड ४६

    बुटवलको बजेट तथा नीति कार्यक्रम सार्वजनिक

    बुटवल, १६ भदौ । बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित विनियोजित बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाको प्रथम नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्नकालागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख शिवराज सुवेदीले ‘मावनताको शहर, बुटवल उपमहानगर’ भन्ने नारा सहित एक अरव ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैंयाँ बजेट स्वीकृत

    तिलोत्तमा नगरपालिकाको बजेट एक अर्व बढी

    बुटवल, भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु खर्चतर्फ ४८ करोड ७९ लाख छ हजार र पूँजीगततर्फ ५१ करोड ९०

    बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    बुटवल, भदौ । बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष ०७४÷०७५ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । बुधबारदेखि सुरु भएको नगरसभामा उपप्रमुख गोमादेवी आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधनसहित सर्वसम्मतले बिहीबार पारित भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उक्त नगरसभामा वार्षिक नीति तथा कार्यक्रमका अतिरिक्त आर्थिक विधेयक, कर्मचारीको आचारसंहिता, पदाधिकारीहरुको आचारसंहिता समेत प्रस्ताव

    घरजग्गा व्यबसायी समिति गठन

    बुटवल, ३२ साउन । रुपन्देहीमा घर जग्गाको कारोवार गर्ने व्यबसायीहरुको भेलाले घरजग्गा व्यबसायी समिति रुपन्देही गठन गरेका छन् ।बुधबार रुपन्देहीको मणिग्राममा भएको व्यबसायीहरुको भेलाले दशरथ पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गा भण्डारी, महासचिवमा विष्णुप्रसाद भुसाल, सचिवमा बसन्त थापा, कोषाध्यक्षमा देवुप्रसाद खनाल र सदस्यहरुमा रमेश डुम्रे, बासुदेव पौडेल, बासु बस्याल,

    ग्रामिण बैंकको वार्षिकोत्सवमा बिबिध कार्यक्रम

    बुटवल,  साउन । नेपाल ग्रामिण बिकास बैंकको तस्रो बार्षिकोत्सव बिभिन्न कार्यक्रम सहित मनाईएको छ । पाँच बिकास क्षेत्रमा आर्थिक कृयाकलाप गर्दै आएका ग्रामिण बिकास बैंकहरु मर्जर गरि एक भएको नेपाल ग्रामिण बिकास बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान, अनाथ बृद्धबृद्धालाई खाद्य सामाग्रि वितरण, बृक्षारोपण, स्वास्थ्य शिबिर लगायतका कार्यक्रम गरेको हो । वार्षिकोत्सवको औपचारिक कार्यक्रममा बैंक सञ्चालक समितिका

    काउनद्वारा जनप्रतिनिधिलाई सम्मान

    बुटवल, ११ साउन । स्थानीय तहको निर्वाचनले आशा जगाएको निर्माण व्यवसायीले बताएका छन् । मजदुर तथा श्रमिक वर्गको मतबाट स्थानीय तहमा जनप्रतिनिधि आएकाले मजदुरका समस्या सम्वोधन हुन सक्ने उनीहरुले बताए । मजदुरहरुले काम अनुसारको दाम पाउन नसकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिले मजदुरहरुको पक्षमा काम गर्नेमा उनीहरुले विश्वास गरेका छन् । सवै क्षेत्रबाट