Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    प्रदेश पाँचको सरकार : बजेटकालागि छलफलमा व्यस्त

    बुटवल, २० वैशाख । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला

    सामाजिक सुरक्षा कोष : सिएहरुलाई कार्यशाला

    बुटवल, १५ बैशाख । प्रदेश पाँचका चार्टर्ड एकाउन्टेन्ट (सि.ए) हरुकालागी सामाजिक सुरक्षा कोष तथा श्रम ऐनको बारेमा प्रशिक्षणात्मक गोष्ठि गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही च्याप्टरको आयोजनामा रुपन्देहीको तिलोत्तमामा गोष्ठि आयोजना गरिएको हो । गोष्टीमा १७ जना सिएहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही च्याप्टर संयोजक सिए प्रेम भुर्तेलले आफ्ना सिए सदस्यहरुकालागी क्षमता

    वार्षिकोत्सवमा ओम बैंकद्वारा आश्रमलाई सहयोग

    बुटवल, १५ बैशाख । ओम डेभलपमेन्ट बैंक बुटवल शाखा स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमा बैंकले मावन सेवा आश्रम बुटवलमा सहायता प्रदान गरेको छ । बैंकले शनिबार बुटवल सुख्खानगरमा रहेको आश्रममा एक कार्यक्रमका बिच करिव १ लाख रुपैंयाको एलईडी टिभि प्रदान गरेको हो । त्यस अवसरमा बैंकका क्षेत्रीय प्रवन्धक दुर्गाराम पुरी, बुटवल शाखा प्रवन्धक

    नेपाल लाईफमा पश्चिम क्षेत्रकै ठूलो बिमालेख जारी

    बुटवल, १३ बैशाख । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखामा हालसम्मकै ठूलो बिमांकको पोलिसी (बिमालेख) जारी भएको छ । यस अंगाडी १ करोड ८६ लाख रुपैंया बराबरको पोलिसी जारी भएकोमा अहिले पछिल्लो समयमा त्यसलाई उछिन्दै दुई करोड रुपैंयाको पोलिसी जारी भएको हो । पश्चिमाञ्चल क्षेत्र अन्तरगत सबैभन्दा बढी कारोवार हुने उक्त शाखामा सिनियर एजेन्सी म्यानेजर

    ‘राष्ट्रिय गौरवका आयोजनामा कुनै रोकावट छैन’

    बुटवल, १२ बैशाख । बुटवल उपमहानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरव वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि तोकिएको परिणाम र तोकिएको स्थानबाट नदीजन्य पदार्थ उपलब्ध गराउन कुनै रोकावट नगरिएकोे प्रष्ट पारेको छ । केही मिडियामा बुटवलका कारणले विमानस्थललगायत केही आयोजनाका काम प्रभावित हुने समाचार आएको प्रति ध्यानाकर्षण गराउँदै उप–महानगरले गुमिरहेको राजस्व जोगाउन र गौरवका

    नदीजन्य वस्तुको राजश्वमा नयाँ दररेट

    बुटवल, १२ बैशाख । बुटवल उपमहानगरपालिकाले नदीजन्य वस्तुको अवैज्ञानिक र जथाभावी दोहन रोक्दै राजस्वको दररेटमा पुनरावलोकन गरेको छ । नदीजन्य वस्तुको सदुपयोग र वातावरणीय क्षेत्रको समेत हेक्का राख्दै बुटवलले राजस्वको दररेटमा पुनरावलोकन गरेको बताएको छ । प्रदेश सरकारले नदीजन्य पदार्थको दर तोक्ने व्यवस्था भएबमोजिम प्रदेश सरकारबाट निर्धारित दर प्रतिघन फूट ६ रुपैयाँलाई न्यूनतम दर मानेर

    शाइन रेसुङ्गा बैंकमा ‘मेरो बचत खाता’

    बुटवल, बैशाख । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘मेरो बचत खाता’ कार्यक्रम ल्याएको छ । प्रत्येक नेपालीलाई बैंकमा खाता खोल्न अभिप्रेरित गर्नकालागि ‘मेरो बचत खाता’ कार्यक्रम सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । बैंकको ‘खोलौं बैंक खाता अभियान २०७६’ लाई सफल बनाउनकालागि ‘मेरो बचत खाता’ ल्याएको हो

    एनएमबिको खातामा दश लाख रुपैंयाको बिमा

    बुटवल, ८ बैशाख । एनएमबि बैंकले ग्राहक अभिबृद्धिकालागि प्रत्येक खातामा १० लाखसम्मको बिमा योजना ल्याएको छ । बैंकको प्रदेश पाचको प्रदेश कार्यालयले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि ‘सबैकालागि बचत, सधैकालागि सहारा’ भन्ने नारा सहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी गराएको हो । यो कार्यक्रम अन्तरगत अब खाता खोल्ने सबैकालागि १० लाख सम्मको

    लुम्बिनी सहकारीमा साहित्य पुरस्कार वितरण

    बुटवल, ७ बैशाख । लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको ‘लुम्बिनी साहित्य पुरस्कार २०७६’ साहित्यकार गंगा लिगल तथा ‘जानकीदेवी आध्यात्मिक साहित्य पुरस्कार २०७६’ साहित्यकार नारायणप्रसाद तिम्सिनालाई प्रदान गरिएको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २३ औं वर्ष प्रवेशका अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रम ती दुई पुरस्कार प्रदान गरिएको

    अनुदानले कृषिमा महिला आकर्षित

    रेनुका गिरी/ बुटवल, ३० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका १२ मा महिलाहरुले च्याउ खेती, भकारो सुधार कार्यक्रम र अहिले आएर मकै खेती गर्दै आएका छन् । थोरै लगानीमा राम्रो कमाई हुने भएपछि महिलाहरु कृषि कर्ममा आकर्षित भएका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउँने महिलाहरु अहिले खेतीमा लागेर व्यस्त हुने गरेका छन् । घरको