Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीमा लाकौल

    बुटवल, ३० बैशाख । हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्मलप्रसाद लाकौल निर्वाचित हुनु भएको छ । प्रतिष्ठानको उपाध्यक्षमा काजिमान श्रेष्ठ र बोनिन पिया, सचिवमा नरेशकुमार श्रेष्ठ, सहसचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उज्ज्वल कसजु, सहकोषाध्यक्षमा मञ्जु पराजुली सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यस्तै समितिको सदस्यहरुमा जीवकान्त काफ्ले, सर्जुनारायण श्रेष्ठ, करुण खनाल,

    ‘स्वस्थ्य जीवनकालागि थोरै खाना’

    बुटवल, ३० बैशाख । मानिस स्वस्थ्य भएर बाँच्न चाहने हो भने खाना थोरै खान वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको सुझाव छ । धेरै तथा असन्तुलित भोजनका कारण स्वास्थ्य सम्बन्धि धेरै समस्या उत्पन्न भईरहेको बताउँदै उहाँले खानामा सन्तुलन कायम गर्न र थोरै खान सुझाव दिनुभएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार बुटवलमा भएको

    स्वास्थ्य प्रयोगशाला सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवल, २८ बैशाख। मेडिकल ल्याबोटरी एसोसिएसन अफ नेपाल (मेलान)प्रदेश नम्बर ५ को आयोजनामा स्वास्थ्य क्षेत्रमा प्रयोगशालाको भूमिका र यसको अवस्था सम्बन्धी सरोकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा स्वास्थ्य क्षेत्र संग सम्बन्धीत बिभिन्न संघ संस्था, सरोकारवालाहरु सग स्वास्थ्य क्षेत्रमा प्रयोगशालाको भूमिका र यसको अवस्था के कस्तो छ ? प्रयोगशालाई कसरी विश्वसनियता र गुणस्तरीय बनाउन

    एम्बुलेन्स खरिदकालागि नागरिक समाजको सांस्कृतिक कार्यक्रम

    बुटवल, २२ बैशाख । रुपन्देही नागरिक समाजले एम्बुलेन्स खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सांस्कृति कार्यक्रम गरेको छ । समाजले शुक्रबार भैरहवा र शनिबार बुटवलमा सांस्कृतिक कार्यक्रम गरेको हो । रुपन्देहीका नागरिक अगुवाहरुको प्रयासमा गत वर्ष स्थापना भएको समाजले एम्बुलेन्स खरिद गर्ने उद्देश्यले आयोजना गरेको बुटवलको सांस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले मुलुकको

    मातातीर्थ औंशीको अवसरमा विरामी आमाहरुलाई खाम वितरण

    बुटवल, २१ बैशाख । बिरामी भेट्न अस्पताल जाँदा फलफूल होइन नगदसहितको खाम दिने अभियान सञ्चालन गरिएको बुटवलमा शनिवार मातातीर्थ औंशीको अवसरमा बिरामी आमाहरुलाई खाम वितरण गरिएको छ । अस्पतालमा भर्ना भएका आमाहरुलाई फलफूल भन्दा सक्दो नगद सहितको खाम दिए उपचारमा सहयोग पुग्ने भन्दै शनिवार खाम वितरण गरिएको हो । दुई वर्ष अघि नगद सहितको खाम

    पानीकोे मुहानमा कोलिफर्म भेटिएपछि प्रयोगमा रोक

    बुटवल १७ वैशाख । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय, गुल्मीको झाडापखाला र दाङको दादुरा सम्बन्धमा चासो देखाएको छ । प्रदेश पाँच सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखाका अनुसार गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटको पानीकोे मुहानमा कोलिफर्मका कारण दुई हजार जनसंख्या झाडापखालाको प्रभावमा रहेको जनाएको छ । महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको

    स्वर्गद्वारी फार्मेसीको होलवडी शिबिर

    बुटवल, ११ बैशाख । बुटवल ६ मैत्रीपथ स्थित स्वर्गद्वारी फार्मेसीले न्यून शुल्कमा होलवडी चेकजाँच शिबिर सञ्चालनको तयारी गरेको छ । यहि बैशाखको १३ र १४ गते फार्मेसीसंगै रहेको क्लिनिकमा सञ्चालन गर्न लागिएको होलवडी चेकजाँचमा रगत, पिसाव, मधुमेह, सुगर, कलेजो, मृर्गौला, रगतमा बोसोको मात्रा, थाईरोईड, बाथ, मुटुको चाल, एक्स–रे तथा भिडियो एक्स–रे परिक्षण गरिने स्वर्गद्वारी फार्मेसीका

    पाल्पाका हरेक स्थानीय तहमा स्वास्थ्य चौकी बन्दै

    सुशीला रेग्मी/ बेझाड, पाल्पा, ६ वैशाख । पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ । निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा

    भलाई कोषको स्थापना दिवसमा रक्तदान

    बुटवल, ३ बैशाख । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल संस्था स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिसको अवसरमा मंगलबार कोषको कार्यालय परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायी गरी ५० जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो । संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै

    पाल्पा भैरवस्थान–रुपन्देही परिवार : स्थापना दिवसमा रक्तदान

    बुटवल, २८ चैत । ‘पाल्पा भैरवस्थान–रुपन्देही परिवार’को स्थापना दिवसको अवसर पारेर बिहिबार बुटवलमा रक्तदान गरिएको छ । पाल्पाको भैरवस्थानबाट बसाईसराई, व्यापार व्यबसाय तथा रोजगारी र अध्ययनका सिलसिलामा रुपन्देही आई बसोबास गरेकाहरुको संस्था ‘पाल्पा भैरबस्थान–रुपन्देही परिवार’को तेस्रो स्थापना दिवसको अवसरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । त्यस अवसरमा संस्थाका पदाधिकारी,