Wednesday 21st February 2018
  • New title for a=>html, img=>alt
  • समाचार

    प्रहरी ईनकाउन्टरमा मारिएका मनोज र सोमबहादुर (फोटो फिचर सहित)

    बुटवल, ९ फागुन । बिभिन्न हत्याका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन । रुपन्देहीको देवदहमा प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई लक्ष्यित गरी फायरिङ गरेपछि जवाफी कारवाहीमा उनी मारिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो । पुनसंगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन । रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा बुधबार बिहान

    आकाशगंगालाई आउट स्टाण्डिङ् एवार्ड

    बुटवल, ९ फागुन ।  बुटवल कालिकानगरमा रहेको आकाशगंगा अटोमोटिभ्स प्रालि आउट स्टाण्डिङ् प्रफमेन्श पाट््स टर्नओभर साग २०१७ एवार्डले सम्मानित भएको छ । हालै थाईल्याण्डमा सम्पन्न एक कार्यक्रममा साउथ एशिया भरीमै सबैभन्दा बढी डसफार ट्रयाक्टर्सका पाट्स विक्रि गरेको भन्दै आकाशगंगाले आउट स्टाण्डिङ् प्रफमेन्स् टर्नओभर एवार्ड हात पारेको हो । लुम्बिनी क्षेत्रमा डसफार ट्रयाक्टरको आधिकारिक विक्रेता आकाशगंगाले

    नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

    बुटवल, ७ फागुन । विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ ।क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३÷३ लाख दिने घोषणा गर्नुभएको हो । यस्तै खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १÷१ लाख रुयैयाँ दिने भएको छ

    मेलान रुपन्देहीमा पौडेल

    बुटवल, ६ फागुन । ल्याव टेक्निीसियनहरुको संस्था मेडिकल ल्याब्रोटोरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीको अध्यक्षमा नारायण पौडेल निर्वाचित हुनु भएको छ । एशोसियशनको हालै बुटवलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पौडेल निर्वाचित हुनु भएको हो । कार्य समितिको उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा अमर थापा, कोषाध्यक्षमा अस्मिता बिसी र सहसचिवमा अर्जुन भण्डारी निर्वाचित हुनु भएको छ

    विद्यालय कर्मचारीको प्रदेश समिति गठन

    बुटवल ६ फागुन । नेपाल विद्यालय कर्मचारी परिषद् प्रदेश न. ५ को प्रदेश भेला दाङको लमहीमा सम्पन्न भएको छ । सरकारी विद्यालयमा कार्यरत कर्मचारीको हक, हित र पेशागत सुरक्षाका वारेमा आवाज उठाउने उद्देश्य सहित आयोजित भेलाबाट १३ सदस्यीय प्र्रदेश स्तरिय कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा गंगा नेपाल (रुपन्देही), उपाध्यक्ष डम्बर ओली (दाङ), महिला

    प्रदेश पाँचको मुख्य मन्त्रीमा पोखरेल नियुक्त, बिहिबार सपथ ग्रहण

    बुटवल, २ फागुन । पाँच नम्बर प्रदेशको मुख्य मन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनु भएको छ । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश पाँचको मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश सभामा ४१ सदस्य रहेको एमाले र २० सदस्य रहेको माओवादी केन्द्र गरी ६१ सदस्य रहेका दुई

    प्रदेश पाँचको सभामुखमा घर्ति निर्वाचित, अर्को बैठक ६ गते

    बुटवल, २ फागुन । प्रदेश पाँचको सभामुखमा एमाले माओवादीको बाम गठबन्धनबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित हुनु भएको छ । प्रदेश पाँचको बुधबार भएको सभामुखको निर्वाचनमा संविधानको धारा १८२ को उपधारा १ तथा प्रदेश पाँचको अन्तरिम कार्यविधीको दफा ६ उपदफा १ बमोजिम उहाँ निर्बिरोध निर्वाचित हुनु भएको हो । बुधबार नै उहाँले सपथ ग्रहण गर्नुभएको

    प्लाष्टिक पसलमा आगलागी, सवा करोडको क्षेती

    बुटवल, २ फागुन । बुटवलमा प्लाष्टिक पसलमा आगलागी हुँदा करिव २ करोडको क्षेती भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित संगम पथमा रहेको युनाइटेड प्लाष्टिक उद्योगको बिक्रि केन्द्र सुभ गौतम ईन्टरप्राईजेजमा मंगलबार राती आगलागी हुँदा करिव १ करोड २५ लाख रुपैंया बराबरको क्षेती भएको पसलका सञ्चालक जीवन गौतम उद्रित गर्दै ईलाका प्रहरी कार्यालय

    महाशिवरात्री हथौसा मेला आजदेखि शुरु

    कपिलवस्तु १,फागुन । ऐतिहासिक, धार्मिक एवम् सास्कृतिक महत्व बोकेको प्राचिन मेलाको रुपमा परिचित महाशिवरात्री हथौसा मेला–२०७४ बाणगंगा नगरपालिका बडा नं. ११ र हेमराज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आजदेखि विद्यालयको खेलकुद मैदान हथौसामा शुरु हुँदैछ । विद्यालयको खेल मैदानमा यहि फागुनको ७ गतेसम्म चल्ने मेलामा कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य चन्द्रप्रकाश खनाल (बलदेव)

    कोटईमाईमा महिलालाई कानुनी अभिमुखिकरण

    बुटवल, २९ माघ । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र (सेलर्ड) रुपन्देहीले आयोजना गरेको दुई दिने कानुनी अभिमुखिकरण कार्यक्रम सकिएको छ । युकेएड, सर्चफर कमन ग्राउण्डको सहकार्यमा रुपन्देहीको कोटईमाई गाउँपालिकामा महिला निगरानी समुहहरुको लागि कानुन अभिमुखिकरण तालिम आयोजना गरिएको थियो । कोटहीमाईको मझगावाँमा भएको तालिममा अधिवक्ता पुष्पालक्ष्मी श्रेष्ठ, कोटहीमाई गाउँपालिका प्रशासकीय अधिकृत गणेश घिमिरे, ईलाका