Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा खबर

    अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन्:
    जेसिभी र ट्रयाक्टर सहित तीनजना चालक पक्राउ

      बुटवल, ३ असोज । अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन गरेको भन्दै जेसिभी र दुई वटा ट्रयाक्टर सहित तीन जना चालकलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाही अंगाडी बढाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित दानव नदिको मुक्तिघाटमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै एउटा जेसिभी, दुईवटा

    रुपन्देहीमा सर्बोच्च कमाण्डरको सम्झना

    भैरहवा, ३ असोज । प्रजातन्त्र एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको २० औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले मंगलबार भैरहवामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय नेता गणेशमानका बिचार र ब्यबहारको अनुकरण आजको आवश्यकता रहेको औल्याएका थिए । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सिंह १९९७ मा

    दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्कै भाउमा चिनी र नुन

    बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्कै भाउमा उपभोक्तालाई चिनी र नुन उपलब्ध गराउने जनाएको छ । संघले घटस्थापनाको दिनदेखि संघको सभाहलमा दशैं सस्तो बजार सञ्चालन गर्दैछ । उक्त सस्तो बजारमा उपभोक्तालाई ५ देखि ४० प्रतिशतसम्म छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराईने दशैं सस्तो बजारका संयोजक तथा

    नेपाल मेडिकल काउन्सीलको  निर्वाचन:
    सदस्यमा बुटवलका डा खरेल निर्वाचित

    बुटवल  /नेपाल मेडिकल काउन्सीलको  निर्वाचन सम्पन्न भएको छ् ।निर्वाचन बाट उपादक्ष्यमाडा नारायण बिक्रम थापा तथा सदस्यहरुमा   डा कृष्ण खरेल ,कालुसिन्ह खत्री ,अन्कुर शाह,सुनिल कुमार शाह ,शिवजी पौडेल ,बिश्व राज दवदी र् मनोज मान श्रेष्ठ निर्वाचित भएका छन ।नेपाल मेडिकल काउन्सीलमा २०७४ श्रावण १५ सम्म दर्ता भएका २० हजार एक सय एक जना चिकित्सकले मतदान गर्न पाउने निर्वाचनमा

    दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

    काठमाण्डौ, २ असोज । तेस्रो चरणमा सोमबार सम्पन्न दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्राय सबै स्थानमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ

    सिद्धार्थनगरका ईन्जिनियर श्रेष्ठलाई कालोमोसो

    बुटवल, २ असोज । नेकपा माओवादी विप्लवको जनपरिषद रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलार्ई भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेको छ । नेपाल कम्युनिस्ट पाटी निकट जिल्ला जनपरिषद्ले सोमवार श्रेष्ठलाई कार्यकक्षमा गएर कालो मोसो दलेको हो । स्थानीयको गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा उल्लेख गरिएको छ । कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी

    अवैध ६ लाख भारतीय रुपैयाँ सहित गाडी चालक पक्राउ

    कपिलबस्तु, २ असोज । अवैध रुपमा भारतीय रुपैयाँको कारोवार गर्ने कपिलवस्तुका एक गाडी चालक ६ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय सलिम मियाँले अवैध रुपमा झोलामा राखी भारतबाट नेपाल ल्याउँदै गरेको २ हजार दरका सय थान र ५ सय दरका ८ सय थान गरी

    दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुँदे अपिल

    काठमाडौं, १असोज / दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं प्रहरी परिसरले विशेष योजना लागु गरेको छ।  चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागू गरेको एसएसपी रबिन्द्र बहादुर धानुकले जानकारी दिए।दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ। चाडबाडका बेला सुरक्षा दिन काठमाडौं

    प्रचण्डलाई काँग्रेससंग पार्टी एकिकरण गर्न बैद्यको सुझाव

    बुटवल, भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य (किरण)ले पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेससंग पार्टी एकिकरण गर्न सुझाव दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकिकरणकालागि आह्वान गरिरहेका बेला दाहाल कम्युनिष्ट भएको नाटक गर्न र भ्रमको खेती गर्न सिपालु भएको टिप्पणी गर्दै माओवादी केन्द्रसंग एकिकरण गर्ने कुनै आधार नभएको बताउनु भयो

    जनपरिषदद्वारा मालपोत अधिकृतलाई कालोमोसो

    प्रकाश डुम्रे /नवलपरासी ,२९ भदौ । जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको छ ।नेपाल कम्युनिस्ट पाटी निकट जिल्ला जनपरिषद्ले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा भनिएको छ । कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले