Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • विश्व

    बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

    बुटवल, असार । नेपाल ट्रेड युनियन काँगेसले रुपन्देहीको बुटवलमा सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रममा अध्ययन गर्ने वालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ)को आर्थिक सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले रुपन्देही सहित नेपालका ९ वटा जिल्लामा अनौपचारिक बाल शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तीन वर्षे उक्त अनौपचारिक वाल शिक्षा कार्यक्रममा

    रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

    काठमाडौं/ फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ ।  मस्कोस्थित लुजिन्की रंगशालामा  बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो । खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले  सुरुवाती गोल गरे । यसैगरी ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे

    भारतको जम्मु कश्मीरमा वरिष्ठ पत्रकारको गोली हानी हत्या

    एजेन्सी /जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ । बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहिबार सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो। प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै गर्दा अज्ञात समूहद्वारा गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका

    क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

    बीबीसी , स्पेन । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव

    बेजोस बने विश्वकै धनी व्यक्ति

    एजेन्सी/  विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड

    सगुनमा लगानी गर्ने समय नोभेम्वर ३० सम्म

    वासिङ्टन डीसी, अक्टोवर ११/ सोसल कमर्स सञ्जाल सगुन  ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस

    मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यको सूचिमा राख्न सुझाव

    बुटवल, २३ असोज । नेपालमा मानसिक रोगीहरुको संख्या धेरै भएपनि खुल्न नचाहदा समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । हरेक ५ जना व्यक्तिमा एक जना मनोरोगी हुने गरेकाले यसको समाधानका लागि सरकारले मानसिक रोगलाई आधारभुत स्वस्थ्य सेवामा राख्नुपर्ने बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा लालीगुरास नशा तथा मनोरोग क्लिनिक र जिल्ला जनस्वस्थ्य कार्यालय

    उत्तर कोरिया युद्धका लागि आतुर छ : अमेरिकाकी राजदूत

    काठमाडौं, २० भदौ — हालै क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले युद्धका लागि आतुर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निकी हेलीले बताएकी छन् । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक आपत्कालीन बैठकमा हेलीले अमेरिका युद्ध नचाहने तर उसको धैर्यको पनि एउटा सीमा रहेको बताइन् । उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध

    लुम्बिनी, सिद्धार्थनगर र गैडहवा खुला दिसा मुक्त हुन सकेनन्

    बुटवल, ३२ साउन । रुपन्देहीका दुई नगरपालिका र एक गाउँपालिका अझै खुला दिसा मुक्त हुन सकेका छैनन् । गत आर्थिक वर्षमा रुपन्देहीका सबै स्थानीय तहलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका र गैडहवा गाउँपालिकामा लक्ष्य अनुसार काम गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईञ्जिनीयर ध्रुव धितालले

    डब्लूएचओको ठूलो रकम यातायात खर्चमा

    लन्डन (बेलायत), ७ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव भइरहेको सन्दर्भमा सो संस्थाद्वारा वार्षिक रुपमा निकै ठूलो धनराशि भ्रमणमा खर्च हुने गरेको थाहा हुन आएको छ । डब्लूएचओले वार्षिक रुपमा दुई अर्ब अमेरिकी डलर आफ्ना प्रतिनिधिलाई विभिन्न देशमा काम पठाउँदा खर्च हुने