प्रदेश पाँच प्रदेश सभा : ४० विधेयक पारित

1.1K

प्रदेश पाँच प्रदेश सभा : ४० विधेयक पारित

बुटवल, ३१ असार । प्रदेश पाँच प्रदेश सभामा हालसम्म ४० वटा विधेयक पारित भएका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा ४६ वटा विधेयक दर्ता भएकोमा ४० वटा विधेयक पारित भएको मंगलबार प्रदेश सभा सचिवालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रदेश सभाको चौथो अधिवेशन जारी रहँदा प्रदेश सभाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०६७÷०७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक गरि २ वटा विधेयक पारित भएका छन् ।

त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा सैद्धान्तिक छलफलमा छन् भने प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक र सडक सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक सम्बन्धित विषयत समितिमा छलफलका क्रममा रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।

प्रदेश पाँच प्रदेश सभामा पहिलो अधिवेशनमा ८ वटा विधेयक दर्ता भएका थिए भने दोस्रो अधिवेशनमा सो सहित ११ वटा विधेयक पारित भएका थिए । त्यस्तै तेस्रो अधिवेशनमा २३ वटा विधेयक पारित भएका थिए ।

चालु आर्थिक वर्षमा प्रदेश सभाले विनियोजित बजेटको ८०.८० प्रतिशत वित्तिय प्रगति गरेको जनाएको छ । प्रदेश सभा सचिवालयकालागि चालु आर्थिक वर्ष २०७५/०७६ कालागि ३१ करोड ६५ लाख ८१ हजार ४०५ रुपैंया बजेट विनियोजन भएकोमा २५ करोड ५७ लाख ९८ हजार १५३ रुपैंया खर्च भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।