छन्द,झ्याउरे मोक्षधाम पवित्र तिर्थस्थल

765

छन्द,झ्याउरे मोक्षधाम पवित्र तिर्थस्थल


यो मोक्षधाम पवित्रतीर्थ बस्दछ इश्वर ।
राधा र कृष्ण सीता र राम बिस्णु र महेश ।
तेत्तिसकोटी देवतादेबी रहन्छन यसैमा ।
उनैका सामु शरण परे रहिन्छ खुसिमा ।

द्वारकाधिश श्रीबद्रीनाथ जगन्नाथ हरिको ।
श्रीरामेश्वरम श्रीमुक्तिनाथ रहने गरियो ।
जानकिमन्दिर श्रीपशुपती लुम्बिनी दर्शन ।
मोक्षधाम भित्र आठैधाम हुने गर्दछु वर्णन ।

ज्योतिरलिङ्ग बाह्रछनजहाँ विश्वनाथ मन्दिर।
सहश्र लिङ्ग पुजिन्छन यहाँ शिवकै स्वरुप ।
शक्तिस्वरुपा बासघारी देवि रहन्छिन नजिकै।
मनका इच्छा मागेमा पक्कै दिनेछिन तुरुन्तै ।

अमृतकुण्ड पवित्रनदी सरोवर सागर ।
जलले पुर्ण भएको कुण्ड यहीं छ अपार ।
नुहाउदा जहाँ भित्रको मैलो धोएर निर्मल ।
अनेक पाप छुट्दछ पक्कै अ्मृत यो जल ।

बाटिका राम्रा फुलले जहाँ सजिन्छ चटक्क।
अनेक रुख बिरुवा हुदा बल्दछ धपक्क ।
वैदिक मन्त्र गुन्जिदा हुन्छ स्वर्गकै आभास।
योग र ध्यान साधना गर्ने स्थलको आसाछ।

करोडौ करोड नेपालिजन अरवौ हिन्दुको।
सभ्यता यहाँ सजाउनुपर्छ प्राचीन सिन्धुको।
जो भित्र गयो त्यो सबै बिर्स्यो बाहिरी बन्धन।
भुस्वर्ग भित्र रहन्न कत्ती चीत्कार क्रन्दन ।

सम्पत्ती पीडा,सन्तती पीडा रोग र ब्याधिले।
मनका इच्छा कामना कर्म उडाउछ हुरिले ।
मनमा दुख अनेक पर्छ हरिहर शरणमा ।
उन्मुक्ती मिल्छ अवश्य पनि परेर चरणमा।

दुखमा भए छुट्कारा मिल्छ सुख झन बढ्नेछ।
भगवान सामु समर्पित भए त्यो पूरा हुनेछ ।
रोग र शोक बाहिर हुन्छ धामको महिमा ।
सत्य हो सम्झी हृदय भित्र बढाउ गरिमा ।

बालक बृद्ध सन्त महन्त बस्दछन रमाइ ।
माधव सेवा मानवसेवा सङ्गम बनाइ ।
सबैको साझा आस्थाको केन्द्र यो मोक्षधाममा।
सङ्कल्प गरौ निर्माणगर्ने इश्वरको नाममा ।

मरेर लानु केछर यहाँ गरेर जाने हो ।
सकेमा दान पुण्यहो कर्म यहिनै धर्म हो।
पुर्खाले पनि सन्तती भन्दै जसरी बिलाए ।
हाम्रोनी गति उस्तैहो बुझौ रहन्न वैलाए ।

सन्तती सुख आफैलाइ सुख कीर्तिले सजाउ।
धर्मको बाटो रोजेर अव पापलाइ भगाउ ।
मोक्षधाम हामी सबैको गौरव रास्ट्रको सानहो।
तिर्थालुलाइ भित्र्याउने यौटा पवित्र धामहो ।