ड्याट्सनका नयाँ मोडलका कारको बिक्रि शुरु

560

ड्याट्सनका नयाँ मोडलका कारको बिक्रि शुरु

बुटवल, १० चैत । बुटवलमा ड्याट्सन गाडीको नयाँ मोडलको विक्री शुरु गरिएको छ । ड्याटसनको आधिकारिक विक्रेता भैरब अटो सेन्टरले जीओए (ओ), जीओ टि र जिओटी (ओ) मोडलका गाडी बजारमा ल्याएको हो ।

यी गाडीमा प्रविधियुक्त इञ्जिन, इन्धनको किफायती, बस्नका लागी धेरै स्पेस तथा सुरक्षा लगायतका विशेषता रहेको ड्याट्सनका डिलर इन्चार्ज आशिस दाहालले बताउनुभयो । नयाँ मोडलका गाडीको भैरब अटोका सञ्चालकद्वय महेश्वर शाक्य र रमा शाक्यले विक्रि सुभारम्भ गर्नुभएको हो ।

नयाँ मोडलका गाडीको मुल्य जिओए (ओ)को २४ लाख ९९ हजार, जिओ टि को २५ लाख ९९ हजार र जिओ टि (ओ) को २६ लाख ९९ हजार रहेको भैरब अटोका समृद्ध पोखरेलले जानकारी दिनुभयो ।