दीप बोर्डिङमा अभिभावकलागि अभिमुखिकरण कार्यक्रम

495

दीप बोर्डिङमा अभिभावकलागि अभिमुखिकरण कार्यक्रम


बुटवल, १७ जेठ । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले अभिभावककालागि दोस्रो चरणको अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा के.जी.मा अध्ययनरत विद्यार्थीका करीव १४० जना अभिभावकलाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्ध हुने भएकाले सोही अनुरुप विद्यालयले सहकार्य गरेर अगाडी बढ्न खोजेको बताउनु भयो ।

कार्यक्रममा उत्कृष्ट अभिभावक कला शीर्षकमा प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । प्रयोगात्मक रुपमा गरिएको प्रशिक्षण कार्यक्रममा बालबालिकालाई कसरी राम्रो बनाउन सकिन्छ र उनीहरुप्रतिको व्यवहार कस्तो हुनुपर्दछ लगायतका विषयमा जानकारी गराइएको थियो ।

विद्यालयले गत वर्षदेखि सुरु गरेको असल अभिभावक अभियान यस वर्ष पनि जारी रहने र यस वर्ष दोस्रो तहको तालिम हुने विद्यालयका उपप्राचार्य ज्ञानु थापाले जानकारी गराउनु भयो ।