दीप गायन ताराको सातौं संस्करण हुँदै

809

दीप गायन ताराको सातौं संस्करण हुँदै

बुटवल, १२ माघ । बुटवलको दीप बोर्डिङ् हाई स्कुलले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अन्तर मावि दीय गायन तरा’को सातौं संस्करण यहि माघको १४ र १५ गते हुने भएको छ ।

बिद्यालयको ३७ औं वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा उक्त कार्यक्रम गर्न लागिएको बिद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । सातौं संस्करणको यो दीप गायन तारामा सहभागि हुनकालागि रुपन्देहीका १५० बिद्यालयलाई पत्राचार गरिएको र करिव ४० बिद्यालय सहभागि हुने अपेक्षा गरिएको बिद्यालयका प्रचार्य टिकाराम न्यौपानेले जानकारी गराउनु भयो ।

बिद्यालयले सात वर्ष अंगाडी सुरु गरेको दीय गायन तारा बन्न सफल बिद्यार्थीहरु प्रिया भण्डारी, नविन परियार, अवसर अली, दिपांशु श्रेष्ठ राष्ट्रिय कलाकार भईसकेका छन् ।

पठन पाठनका अतिरक्त बिद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फूटन गराउनकालागि आयोजना गरिएको यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना दुई जनालाई जनही दुई हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । दीप गायन ताराको उपाधी अंघिल्लो वर्ष बुटवलको कालिका माविले जितेको थियो ।

बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा १४ गते बुटवलमा शान्ति साईकल ¥याली प्रदर्शन गरिने छ । त्यस्तै सोही दिन दीप गायन तारा सुरु गरिने छ । गायन ताराको फाईनल प्रतिस्पर्धा गराउनुका साथै मुल समारोह गरिने बिद्यालयले जनाएको छ ।

त्यस अवसरमा उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने छ भने बिद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै क्षत्रीय तथा राष्ट्रिय स्तरमा सञ्चालित अतिरिक्त कृयाकलापमा सफल हुने बिद्यार्थीलाई सम्मान गरिने शिक्षक पुरुषोत्तम पाण्डेले जानकारी गराउनु भयो ।

त्यस अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष लोक दोहोरी गायक पशुपती शर्मा सहित स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने शिक्षक दिनेश खड्काले बताउनु भयो ।
त्यस्तैगरी शुक्रबार नै दीप बोर्डिङ हाई स्कूलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा खाना महोत्वस गरिएको छ । विद्यार्थीले सेलरोटी–अचार, बटुक–पकौडा, नेवारी खाँजा, खीर, फुल्की–चाँट, कोदोको रोटी, सिस्नोको साग लगायतका परम्परागत खाना तथा खाजा तयार गरेका थिए । बिद्यार्थीमा व्यबहारिक ज्ञानको बिकासकालागि प्रयोगात्मक कार्यक्रम गरिएको प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।