देश बिकासको आधार युवा

2.5K

देश बिकासको आधार युवा

शंकर गिरी/
देशले अब कथन सुन्ने होइन कारण खोज्ने बेला आएको छ । देशले अब बिकासको तस्बिर हेर्ने हैन बिकासको मुहार फेर्ने बेला आएको छ ।
युवाको भुमिकाले देश अब समृद्ध बन्न सक्छ । देशको बिकास भनेको त्यहाँ हुने सकारात्मक परिवर्तन हो ।

परिवर्तनको माध्यम भनेका युवा हुन् जहाँ युवाको सक्रियता रहन्छ बिकासको उचाई त्यहाँ मात्रै हुने गर्दछ । त्यसैले अब युवालाई हामी केबल रोजगारीको खोजिमा अन्तै जान दिने गरि होइन, स्वोरोजगार मुखी भई देश बिकासमा लगाउने दिन आएको छ । आज गाउँ गाउँमा बाटो बनाउन पर्यो भने युवा शक्ति, विद्यालय बनाउन युवा शक्ति, यहाँ कृषिको लागि युवा शक्ति, कलकारखाना चलाउन युवा शक्ति अनि देश चलाउन पनि युवा शक्ति जरुरी छ । जुरुक्क आफ्नो काधमा रास्ट्रलाई बोकेर हिड्ने सामथ्र्य भएको युवा नै एक त्यस्तो आधार हो जो देश्को भुत, बर्तमान र भविस्यको हिसाब गर्न सक्छ ।

देशले बिकास गर्न पहिले सक्षम मानव स्रोतको पहिचान गर्न आवश्यक छ । शारीरिक, मानसिक रुपमा स्वस्थ भएको उमेर समूह नै देशमा रहेन भने त्यो देशले काचुली फेर्नै सक्दैन । युग परिवर्तनको सम्बाहक भएकै कारण युवा भनेको हुनुपर्छ जस्ले असम्भवलाई पनि सम्भव पार्न सक्छ । जहाँ शारीरिक श्रम को जरुरी त्यहाँ बलवान को जरुरी छ ? जहाँ बौद्धिक शक्ति को आवश्यक छ, त्यहाँ शिक्षितको जरुरी हुन्छ । अनि जहाँ रफ्तारमा कार्य गर्नु पर्ने हुन्छ, त्यहाँ जागरुक समूहको जरुरी हुन्छ ।

यो भन्दै गर्दा पनि त्यो सबैको प्रतिनिधित्व गर्ने समूह नै युवा हो । आज देशमा जमिन बाझो छ बाली लगाउने कोहि छैन । घर अगाडी बाटो छैन कोदाली चलाउने कोहि छैन । विद्यालयमा पढाउने कोहि छैन । कलकारखानामा काम गर्ने कोहि छैन, देशमा असल, निस्वार्थ, निस्कपट र निस्कलन्क व्यक्ती नै छैनन् । अरु त अरु घरमा आमा बिरामी हुँदा तुरुन्तै अस्पतालमा पु¥याउने दरो काध पनि छैन । अनि कसरी हुन्छ देशको बिकास र कहाँ बाट हुन्छ परिवर्तन ?

त्यसैले अब युवालाई देशले चिन्न सक्नु पर्छ, अनि बिदेशमा कौडीको भरमा सीप बेचिनबाट रोक्नु पर्छ । अब हाम्रो विधि र बिधानले बुझ्नु पर्छ । नीति र राजनीतिले बुझ्नु पर्छ हाम्रा युवाको क्षमता, केबल आन्दोलन र चुनावी प्रचारका साधन होइन युवा । युवा अर्थ हो, युवा प्रविधी हो, युवा यातायात हो, युवा बिजुली हो, युवा रेमिटेन्स हो, युवा कृषि हो, युवा सडक हो, युवा शिक्षा हो, युवा स्वास्थ हो, युवा सुरक्षा हो, युवा ज्योती हो, युवा ज्योतिष हो, युवा बिज्ञान हो, युवा उद्योग हो । अनि यो सबैको संमिश्रण नै बिकास हो त्यसैले देश बिकास मा युवावर्गको भुमिका अपरिहार्य छ ।
(लेखक नेपाल बिद्यार्थी संघ देवदहका सभापति हुन् ।)