देवदहमा युगिन राष्ट्रिय मुक्तक वाचन हुने

1K

देवदहमा युगिन राष्ट्रिय मुक्तक वाचन हुने

देवदह, । रुपन्देहीको देवदहमा दोश्रो युगिन राष्ट्रिय मुक्तक वाचन २०७४ हुने भएको छ । युगिन साहित्य समाज देवदहको आयोजनामा यही जेठको १३ गते कार्यक्रम हुने पत्रकार सम्मलेनमा जानकारी गराइएको हो ।

देवदहमा साहित्यले उचित स्थान लिइरहेको सन्र्दभमा युगिन साहित्यले पनि दोश्रो युगिन राष्ट्रिय मुक्तक वाचन २०७४ गर्ने पत्रकार सम्मेलनमा युगिन साहित्यका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताउनुभयो । उहाले सोही कार्यक्रममा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका साहित्यक स्रष्टाहरुको जमघट हुने बताउनुभयो ।

साथै कार्यक्रममा टिकटको व्यवस्था गरिने भएकाले टिकटको मूल्य १ सय देखि २ सय सम्मको हुने बताउनुभयो । करिब ५ सय मानिसको उल्लेखिय सहभागिता रहने कार्यक्रमको लक्ष्य रहेकोमा २ लाख जति अनुमानित खर्च हुने युगिन साहित्य समाजका कोषाध्यक्ष एवंम् कार्यक्रम संयोजक शुसिल सापकोटाले बताउनुभयो । मूख्य १५ जना ख्यातिप्राप्त साहित्यकारहरुको बेजोड प्रस्तुती रहने राष्ट्रिय मुक्तक वाचन कार्यक्रममा एक जना स्रष्टाले कम्तिमा १० वटा रचना वाचन गर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा अपाङ्ग र बिद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने संस्थाका सचिव गणेश न्यौपानेले बताउनुभयो । कार्यक्रम देवदह –७ पिपलडा“डामा रहेको होटल ओम दर्शन पार्टी प्यालेसमा बिहानको ११ बाट शुरु गरिने आयोजकले जनाएको छ ।